२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कैलाश ७ मा कांग्रेस उम्मेदवारलाई स्वतन्त्रको समर्थन

२०७९, २५ बैशाख आईतवार १५:१२

वैशाख २५, हेटौंडा | स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता चन्द्रलाल थिङ ‘क्षितिज’ ले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने भएका छन् । आइतबार उनले उम्मेदवारी फिर्ताको घोषणा गर्दै कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कांग्रेसका नेताहरुसहित भएको छलफलमा थिङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउन तयार भएका थिए । कांग्रेस निकटको खेलकुद संघ कैलाश गाउँपालिका संयोजक समेत रहेका युवा नेता थिङले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘पार्टीमा असन्तष्टि हुनु स्वभाविक हो । हामी फेरि एकढिक्का भएका छौं । हामी बीच केही नराम्रो थिएन र छैन पनि । म जिम्मेवार पदमा रहेको व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्नु मेरो दायित्व हो’, उनले भने, ‘आजैबाट उदास लामा र उनको प्यानललाई जिताउन लागेँ ।

आफ्नो वडामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई कसैले हराउन नसक्ने उनको दावी थियो । वडा अध्यक्षका उम्मेदवार लामाले युवा नेता थिङकोे योजनालाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए । ‘अन्तिममा आएर भएपनि वहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै हामीलाई सहयोग र समर्थनको घोषणा गर्नुभएको छ । अब एक भएर चुनावी अभियानमा होमिनेछौं’, लामाले भने । ५ बर्षमा वडामा केही राम्रा कामको थालनी भएको दावी गर्दै उनले जितेमा अधुरा योजना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा भने कांग्रेस र माओवादीको बीचमा तालमेल भएको छ । कांग्रेस नेता लोक मुक्तान अध्यक्ष र माओवादी नेता बालकुमार मल्ल ठकुरी उपाध्यक्षको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल