२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कैलाश ७ मा कांग्रेस उम्मेदवारलाई स्वतन्त्रको समर्थन

२५ बैशाख २०७९, आईतवार १५:१२

वैशाख २५, हेटौंडा | स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता चन्द्रलाल थिङ ‘क्षितिज’ ले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने भएका छन् । आइतबार उनले उम्मेदवारी फिर्ताको घोषणा गर्दै कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कांग्रेसका नेताहरुसहित भएको छलफलमा थिङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउन तयार भएका थिए । कांग्रेस निकटको खेलकुद संघ कैलाश गाउँपालिका संयोजक समेत रहेका युवा नेता थिङले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘पार्टीमा असन्तष्टि हुनु स्वभाविक हो । हामी फेरि एकढिक्का भएका छौं । हामी बीच केही नराम्रो थिएन र छैन पनि । म जिम्मेवार पदमा रहेको व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्नु मेरो दायित्व हो’, उनले भने, ‘आजैबाट उदास लामा र उनको प्यानललाई जिताउन लागेँ ।

आफ्नो वडामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई कसैले हराउन नसक्ने उनको दावी थियो । वडा अध्यक्षका उम्मेदवार लामाले युवा नेता थिङकोे योजनालाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए । ‘अन्तिममा आएर भएपनि वहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै हामीलाई सहयोग र समर्थनको घोषणा गर्नुभएको छ । अब एक भएर चुनावी अभियानमा होमिनेछौं’, लामाले भने । ५ बर्षमा वडामा केही राम्रा कामको थालनी भएको दावी गर्दै उनले जितेमा अधुरा योजना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा भने कांग्रेस र माओवादीको बीचमा तालमेल भएको छ । कांग्रेस नेता लोक मुक्तान अध्यक्ष र माओवादी नेता बालकुमार मल्ल ठकुरी उपाध्यक्षको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य