३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भाेट, कांग्रेस कार्यकर्ता आक्राेशित

२६ बैशाख २०७९, सोमबार ०८:०३

वैशाख २६, धनगढी | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई साेमबार भाेट मागेका हुन् ।

सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपाेर्ट आफूसमक्ष आएको भन्दै त्यसले तालमेलमा बाधा पुर्‍याउन सक्ने आशंकासमेत व्यक्त गरे । उनले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिए । सोही क्रममा उनले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उनले भोट मागेका हुन् ।

            Avatar

पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिएकी थिइन् । गठबन्धनकाे उम्मेदवारविरुद्ध बागी दिएकाे भन्दै उनलाई कारबाही गरिएको थियो । तर सोमबार भने उनले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गरे । 

‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उनले भने, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उनले भने, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’

उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गरे । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । कांग्रेसले पनि अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।

प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ। आजै धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए