२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आरजुलाई हराउन ‘अन्तर्घात’को बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाले देउवालाई भेट्न मानेनन्

२७ बैशाख २०७९, मंगलवार ०२:२६

वैशाख २७, धनगढी | ०७४ काे प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातकाे आराेपमा कांग्रेसकाे कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहकाे निर्वाचनमा पनि खुलेका छैनन् ।

त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातकाे आराेपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेकाे थियाे । अहिले पनि उनीमाथिकाे कारबाही फुकुवा भएकाे छैन ।

स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ काे स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयाेग गर्नु त परैकाे कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुन: साेही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे ध्यान पनि धनगढीमा छ ।

आइतबार धनगढी पुगेका उनले साेमबार त्यहाँ आयाेजित चुनावी सभालाई सम्बाेधन गरेका थिए । चुनावी जाेडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बाेलाएका  थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।

भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्राेतले जनाएको छ  

'चुनाव अघि नै सल्लाह गरेर हाम्रा  पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयाेग गर्न सकिन्थ्याे,' ओझाको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, 'अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि  काम छैन ।'

ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।

ओझा तिनै हुन् जाे २०७० मा  देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५)  छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा राेज्दा धनगढीमा उपचुनाव भएकाे थियाे । 

कुनै बेला काेइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेकाे आराेप थियाे । ०७४ काे चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर,  देउवापत्नी आरजुले धनगढी राेजेपछि उनी असन्तुष्ट भएका थिए ।

चुनावमा आरजु हारेपछि अन्तर्घातकाे बात उनै ओझामाथि लागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य