२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

२०७९, २७ बैशाख मंगलवार ०२:५१

वैशाख २७, काठमाडौं | पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।

तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिए ।

निर्वाचनको सङ्‍घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै आगो सल्किरहेको छ ।

प्रचण्ड राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा तालमेल हुँदा जित हात परेपछि हौसिएका थिए ।  स्थानीय निर्वाचनमा पनि तालमेल हुँदा प्रमुख विपक्षी दल एमालेलाई पराजित गर्न सकिने उनको हिसाब थियो । 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए । 

सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन ।  तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्‍याे। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा जित चुनौतीपूर्ण बनेको छ । 

प्रचण्डले सोमबार कांग्रेसबाट तालमेलमा धोका हुन सक्ने चेतावनी यही राजनीतिक पृष्ठभूमिमा दिएका हुन् ।  एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सोमबार नै तालमेलप्रति असन्तुष्टि जनाए । 

उनको असन्तुष्टि भने कांग्रेस र माओवादीप्रति लक्षित थियो । उनले इलाममा भनेका थिए, ‘गठबन्धनको मर्म र भावनाविपरीत तालमेल भयो ।’

तैपनि गठबन्धनबाट भने अलग हुन भने नचाहेको बताए । तर, तालमेलबारे भने समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ । 

२३ वैशाखमा काठमाडौंको रत्‍नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । 

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै भएका छैनन् ।  उनीहरू सहभागी नहुनुको अर्थ तालमेललाई लिएर उनीहरू पनि खुसी छैनन् । 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भने विज्ञप्तिमार्फत तालमेलको क्रममा एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै आक्रोश पोखे । 

यसरी गठबन्धनकै चार दलका शीर्ष नेताहरूबाटै निर्वाचन हुन तीन दिन बाँकी छँदा मुख्य रूपमा कांग्रेसप्रति प्रश्‍न गरिरहनु अर्थपूर्ण छ । फेरि, यहीबेला प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘१७ असार’लाई गठबन्धन भत्किने ‘डेटलाइन’ तोकिदिएका छन् । 

हुन त कांग्रेस महामन्त्री विश्‍वप्रकाश शर्माले गृहजिल्ला झापाको धुलाबारीमा पुगेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको योगदान धेरै रहेको चर्चा गरे ।

उनले भनेका छन्, ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्‍नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ।’ 

दाहाल, नेपालसहितका नेताहरू तालमेलमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट भएका बेला शर्माले उनीहरूलाई फकाउन यसो भनेका हुन् । 

पाँच दलबीच गठबन्धन भने तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि भएको हो ।  गठबन्धनकै कारण सङ्‍घीय सरकारसँगै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार एमालेले गुमायो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल