भदौ १६, काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ । 

सिंहदरबारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ । 

सिंहदरबारमा "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका लागि उपाध्याय, चीनका लागि पौडेल राजदूत सिफारिस

१६ भाद्र २०७३, बिहीबार १३:१७

भदौ १६, काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत भएका थिए । उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । 

यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हुँदैछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै  छन् । त्यस्तै चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताइएको छ । 

त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

डा श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक छन । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिए । 

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव