१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुट्टा तान्नेभन्दा हात समाउने प्रवृत्ति लिएर अगाडि बढ्नु पर्छः बालेन शाह

२७ बैशाख २०७९, मंगलवार ०९:१३

वैशाख २७, काठमाडौँ | स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। निर्वाचन घोषणा भएसँगै उम्मेदवारहरु विभिन्न अन्तर्वार्ता तथा अन्तर्क्रियाहरुमा व्यस्त हुन थालेका छन्।

यसैबीच निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा अभियान नेपालका तर्फबाट सोमबार आयोजित निर्वाचन साक्षरता कार्यक्रमको शृंखलामा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन शाह) सहभागी भएका छन्।

‘मार्क इन्टरनेशनल किड्नी सेन्टर’ कलंकीमा आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा बालेनले आफ्ना आगामी योजनाका बारेमा कुराकानी गरेका थिए।

कार्यक्रममा बालेन शाहले अन्य दल वा उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नरहेको र खुट्टा तान्नेभन्दा हात समाउने प्रवृत्ति लिएर अगाडि बढ्नुपर्ने भन्दै विकास र आचारको पहिलो खुड्किलो नै सबै मिल्नु पर्ने बताए।

महानगरमा विकासभन्दा व्यवस्थापनको खाँचो रहेको भन्दै बालेनले आफूसँग कुनै पनि लोकरिज्याइँका एजेण्डा नभएको र भोलिका दिनमा सहजै कार्यन्वयन गर्न सकिने तालिका मात्र रहेको बताएका थिए। उनले काठमाडौँको मेयरमा आफू नै निर्वाचित हुने दाबी गरेका थिए।

काठमाडौँ महानगर र नेवा समुदायका समस्या बुझेका अन्य उम्मेदवार र नेवा समुदायलाई प्रतिनिधित्व गर्ने आफ्नो एजेण्डा उस्तै रहेको बताउँदै उनले अन्य विषयलाई लिएर भने आफ्नो विचार र योजना भिन्न र व्यवहारिक रहेकाले ‘लौरी’मा भोट हाल्न अपिल गरे।

फोहोर व्यवस्थापन, अनियन्त्रित सहरीकरण, अत्याधिक प्रदूषण, बढ्दो भ्रष्टाचार र आर्थिक चुवाहटजस्ता जटिल समस्याका सहज हल र उपायको परिभाषा बुझाउँदै आएका बालेनले आफू निर्वाचित भएमा ती समस्या समाधान हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार