भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु

१७ भाद्र २०७३, शुक्रबार ०९:४२

भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर आज र भोलि चुनाव भएपछि उपत्यकामा यही भदौ २१ देखि २५ गतेसम्म हुनेछ । आज र भोलि झापा, विराटनगर, धरान, जनकपुर, लहान, राजविराज र वीरगन्ज, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र जुम्लामा निर्वाचन भइरहेको छ । 

सङ्घको १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । 

सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । मध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५००को हाराहारीमा रहेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह र प्रतिस्पर्धामा छन् । 

तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् । काँगे्रस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ । 

यसैगरी प्रजान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

अध्यक्षका प्रतिस्पर्धी डा मुक्तिराम श्रेष्ठले संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य सेवा सबैको अधिकार भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अगाडि बढी र चिकित्सक र बिरामीबीचको सम्बन्ध सुधार्न आवश्यक भएकाले त्यसतर्फ लाग्ने उल्लेख गर्नुभयो । 

अर्का अध्यक्षका प्रतिस्पर्धी डा रमेश ढकालले स्वास्थ्य क्षेत्रमा रहेका विसङ्गतिलाई हटाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । चिकित्सा पेसामा परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि लाग्ने उहाँको भनाइ छ । 

विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । यसपटक पनि दुई तिहाइ बहुमतले जित्ने डा श्रेष्ठले बताउनुभयो । देशभर १७ हजार चिकित्सक भए पनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव