भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन र आर्थिक समृद्धि वर्तमान सरकारको कार्यभार: प्रधानमन्त्री

१७ भाद्र २०७३, शुक्रबार १०:४५

भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रलाई एकतामा ल्याउने र संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभयो । 

मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो – “भारत र चीनको बीचमा तीव्र विकासबाट लाभ लिएर नेपालले आफ्नो समुन्नतिको मार्गप्रशस्त गर्नुपर्छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।”मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण समुदाय मारवाडी नै भएकाले मुलुक निर्माणको दिशामा लाग्न प्रधानमन्त्रीले मारवाडी समुदायलाई आग्रह गर्नुभयो । 

सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा मारवाडी समुदाय आर्थिक विकास र गतिविधिमा केन्द्रित रहेको विषय पुष्टि भएको भन्दै उहाँले आगामी दिनमा थप सहयोगको कामना गर्नुभयो । नेपालको संविधानले समेट्न बाँकी रहेका केही विषयलाई संविधान संशोधनमार्फत समेट्ने प्रयासमा आफूहरु रहेको प्रधानमन्त्रीको धारणा थियो । 

कार्यक्रममा केन्द्रले मुलुकलाई सवल र सक्षम नेतृत्व गर्न र राष्ट्रिय समस्या समाधानमा पूर्णरुपमा क्रियाशील भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो । केन्द्रका अध्यक्ष महेशकुमार चौधरी, उद्योगी वसन्तकुमार चौधरी, राजेन्द्र खेतानलगायतले आर्थिक विकासका लागि सरकारले तत्काल अपनाउनुपर्ने विभिन्न कदमका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

सामाजिक सेवामा क्रियाशील अग्रवाल सेवा केन्द्र २०४७ सालमा स्थापित सामाजिक संस्था हो । केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क खानेपानी सेवा, स्वास्थ्य शिविर, बाढी पहिरोपीडितलाई सहयोग, निःशुल्क खानेपानी सेवा, बृहद् रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव