भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन र आर्थिक समृद्धि वर्तमान सरकारको कार्यभार: प्रधानमन्त्री

२०७३, १७ भाद्र शुक्रबार १०:४५

भदौ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । 

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रलाई एकतामा ल्याउने र संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभयो । 

मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो – “भारत र चीनको बीचमा तीव्र विकासबाट लाभ लिएर नेपालले आफ्नो समुन्नतिको मार्गप्रशस्त गर्नुपर्छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।”मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण समुदाय मारवाडी नै भएकाले मुलुक निर्माणको दिशामा लाग्न प्रधानमन्त्रीले मारवाडी समुदायलाई आग्रह गर्नुभयो । 

सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा मारवाडी समुदाय आर्थिक विकास र गतिविधिमा केन्द्रित रहेको विषय पुष्टि भएको भन्दै उहाँले आगामी दिनमा थप सहयोगको कामना गर्नुभयो । नेपालको संविधानले समेट्न बाँकी रहेका केही विषयलाई संविधान संशोधनमार्फत समेट्ने प्रयासमा आफूहरु रहेको प्रधानमन्त्रीको धारणा थियो । 

कार्यक्रममा केन्द्रले मुलुकलाई सवल र सक्षम नेतृत्व गर्न र राष्ट्रिय समस्या समाधानमा पूर्णरुपमा क्रियाशील भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो । केन्द्रका अध्यक्ष महेशकुमार चौधरी, उद्योगी वसन्तकुमार चौधरी, राजेन्द्र खेतानलगायतले आर्थिक विकासका लागि सरकारले तत्काल अपनाउनुपर्ने विभिन्न कदमका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

सामाजिक सेवामा क्रियाशील अग्रवाल सेवा केन्द्र २०४७ सालमा स्थापित सामाजिक संस्था हो । केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क खानेपानी सेवा, स्वास्थ्य शिविर, बाढी पहिरोपीडितलाई सहयोग, निःशुल्क खानेपानी सेवा, बृहद् रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु