भदौ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भार"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

‘प्रधानमन्त्री भारत र अमेरिका भ्रमणबाट फर्किएलगत्तै संविधान संशोधन हुन्छ’

१७ भाद्र २०७३, शुक्रबार ११:१८

भदौ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमण लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘हाम्रो चाहना त प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जानु अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने थियो, तर त्यसो हुन सकेन, अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किए लगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं ।’ उनले अहिले संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने भएकाले प्रधानमन्त्री भारत जानुपुर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले मधेशको मुद्दा सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी अत्यन्तै गम्भिर रहेको बताए । उनले अघि थपे,‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भिर रुपमा कुरा उठाउँदै आएको छ, काँग्रेसले पनि यही कुरा भनेको छ ।’ खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल जारी रहेकोले चाँडै निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

उनले संविधान कार्यान्यवयनको लागि पनि माघ ७ भित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै फागुण अन्तिमसम्म स्थानीय निकायको चुनाव हुने विश्वास व्यक्त गरे । उनले अघि थपे,‘स्थानीय निकायको चुनावको लागि अहिले तयारी भैरहेको छ, दलहरुवीच सम्वाद जारी छ, संख्याको विषयमा केही मतमतान्तर छन्, हामी दलीय सहमतिबाट नै अघि बढ्छौं ।’

स्थानीय निकाय पूर्नसंरचना आयोगले अघि सारेको संख्यामा केही तलमाथि हुने बताउँदै खनालले दलीय सहमतिबाट आयोगलाई सुझाव सरकारले दिने जनाए । उनले भने,‘आयोगको प्रारम्भिक अवधारणा हामीले हेर्यौं, यो संख्या अलिक थोरै भयो भन्ने हामीलाई लागेको छ, हामी सुझाव दिन्छौं ।’ उनले आयोग र सरकारवीच त्यस्तो कुनै असमझदारी नरहेको समेत स्पष्ट पारे ।

संविधान संशोधनको लागि एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । उनले थपे,‘हामी अहिले घनिभुत छलफलमै छौं, एमालेले पनि सहयोग गर्छ, मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्थापित भएमात्रै एमालेले संविधान संशोधनमा सघाउने नभए सहयोग नगर्ने अडान लिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘हामी चाहन्छौं राष्ट्रिय सहमतिको सरकार बनोस्, त्यसो भयो भने सहमति खोज्न सजिलो हून्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव