भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्त"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

युवा अघिबढे आमूल परिवर्तन सम्भव: मन्त्री खाँण

१७ भाद्र २०७३, शुक्रबार १३:०१

भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्ताले सङ्गठित भएर अघिबढे देश आमूल परिवर्तन एवम् विकास सम्भव हुने कुरामा जोड दिनुभएको छ । 

नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका रक्षामन्त्री खाँणले आज सुनसरी तरुणको धरानमा आयोजित चौथो जिल्ला अधिवेशन समारोहको उद्घाटनपछि बोल्नुहुँदा सो कुरा बताउनु भएको हो । 

रक्षामन्त्री खाँणले स्व बिपी र गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मभूमि सुनसरी अनि भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी आफैँमा उच्च सम्मानित जिल्ला भएको टिप्पणी गर्नुहुँदै उहाँले बिपीले अघि सार्नुभएको प्रजातान्त्रिक समाजवादको सिद्धान्तअनुसार देशलाई अघि बढाउन तरुण युवा फेरि सक्रिय भएर अघि बढ्न जरुरी रहेकोमा जोड दिनुभएको थियो । 

बिपीले अघि सार्नुभएको विचारको स्मरण गराउनुहुँदै रक्षामन्त्री खाँणले भन्नुभयो, “महामानव बिपीले १५ वर्ष देशमा शासन चलाउने जिम्मेवारी पाउनुभएको भए देश साँच्चै सबै नेपालीले समृद्ध भएको अनुभूति गर्नसक्ने अवस्थामा पुगिसक्ने थियो ।” 

रक्षामन्त्री खाँणले अब नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट र विभाजित मनस्थिति नभएको तथा त्यस्तो नहोस् भनेर आफूले पार्टीको सभा र बैठकमा विभाजित मन लिएर नबस्न कडाइका साथ कुरा उठाउँदै आएको जानकारी दिनुहुँदै तरुण दलको यो चौथो जिल्ला अधिवेशनले पनि कोही कसैको गुट वा समर्थक बनेर होइन तरुण दल नै भएर सर्वसम्मत नेतृत्व छनोट गर्न पनि उहाँले निर्देशन दिनुभयो । 

अधिवेशन उद्घाटन समारोहमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, सांसद रामहरि खतिवडा, सीताराम मेहता, काँग्रेस सुनसरी सभापति राजीव कोइराला, राजीव ढुङ्गाना, ट्रेड युनियन काँग्रेस सभापति खिलाराज दाहाल, विद्यार्थी नेता लक्ष्मी खतिवडा, तिलक राई, विकास केसी, सन्दीप श्रेष्ठ र सरस्वती शाहलगायतले बोल्नुभएको थियो । अधिवेशन उद्घाटन समारोह तरुण दल अध्यक्ष सिजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव