भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली"/>
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: भीम रावल

१७ भाद्र २०७३, शुक्रबार १३:१६

भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको  बताएका छन् । 

युवा सङ्घ नेपालले नवनियुक्त युवा फाँट इन्चार्ज महेन्द्रबहादुर पाण्डेलाई स्वागत तथा निवर्तमान इन्चार्ज शेरधन राईलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अस्थिरता तथा विकृतिलाई रोकेर देशको स्वतन्त्रताको रक्षाका लागि युवा समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । 

नेता रावलले संविधान कार्यान्वयनका लागि चैतभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्दै मधेसी मोर्चाको सहयोगमा निर्माण भएको वर्तमान सरकारकातर्फबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापतिले मोर्चाले आगामी असोज ३ गते मनाउन लागेको कालो दिवसकाबारेमा धारणा सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरे । 

निवर्तमान इन्चार्ज राईले मुलुकमा आर्थिक विकास र समृद्धिको एजेन्डालाई हासिल गर्न प्रमुख संवाहकका रुपमा युवा सङ्घलाई गतिशीलता बढाउन सुझाव दिए । नवनियुक्त फाँट इन्चार्ज पाण्डेले देश विकासमा युवा वर्गको नेतृत्वको खाँचो रहेको  औल्याए । 

सङ्घका सह–इन्चार्ज निरुदेवी पाल, अध्यक्ष राजीव पहारी र उपाध्यक्ष दिलु पन्तले मुलुकमा युवालाई सचेत बनाउन सङ्घले खेलेको भूमिकाका बारेमा जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ