२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीको नतिजा : कांग्रेसले आफ्नो गुमाए, नयाँ भित्र्याए

२०७९, ९ जेष्ठ सोमबार ०७:०९

जेठ ९, पोखरा | मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको पकड भएको घरपझोङ यसपालि कांग्रेसले फुत्कायो । यसअघि तीन पालिका प्रमुख जितेको कांग्रेसले अहिले तीनवटै गुमायो, जुन एमालेले जितेको छ । एमालेले लो घेकर दामोदर कुण्ड भने सुरक्षित गरेको छ । पर्वतमा पनि एमालेले दुई पालिका गुमायो । बिहादी र फलेबासमा कांग्रेस इन्ट्री हुँदा एमाले महाशिला र मोदीमा मात्रै सीमित भएको छ ।

                                       

कास्कीको मादी र माछापुच्छ्रे बहुमतसहित एमालेले जितेका पालिका हुन् । अहिले दुवै पालिकामा कांग्रेसले सानदार जित निकालेको छ । कांग्रेसले बहुमतसहित जितेको अन्नपूर्णमा भने एमालेले सानदार साथ जित्यो । स्याङ्जाको पुतलीबजार र गल्याङ नगरपालिका अप्ठयाराे अवस्थामा पनि एमालेको जित हुने पालिका हुन्, जहाँ यसपालि कांग्रेसले इन्ट्रि मार्‍यो । नवलपुरका बुलिङटार, बौंदीकाली, मध्यविन्दु, विनयी त्रिवेणीलगायत पालिकामा एमाले विजयी भएको छ, जहाँ यि पालिका कांग्रेसले बहुमत बटुल्ने पालिका हुन् ।

एमालेले यसअघि जितेका लमजुङको राइनास र सुन्दरबजारको मेयर गुमायो । कांग्रेसले दुधपोखरी र मध्यनेपाल जोगाउँदै एमालेले गुमाएको राइनास र सुन्दरबजारमा इन्ट्रि मार्‍यो । बेँशीसहर, क्होंलासोथर, दोर्दी र मर्स्याङ्दीमा एमालेले आफ्नो सिट सुरक्षित गरेको छ । गोरखामा कांग्रेसले यसअघि जितेका सात पालिका प्रमुख गुमायो । गण्डकी, गोरखा नगरपालिका, पालुङटार, भीमसेन थापा, धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिकाको प्रमुख पद माओवादीले जित्यो । यसअघिको आरुघाट र सिरान्चो भने कांग्रेसले सुरक्षित गरेको छ । माओवादीले जितेका शहीद लखन र बारपाक सुलिकोट माओवादीकै भागमा परेको छ ।

तनहुँमा एमालेले झनै थपेको छ । देवघाटको प्रमुख गुमाएको एमालेले बन्दिपुर र म्याग्देको प्रमुख थप्यो । कांग्रेसले दुई पालिका गुमायो । आँबुखैरेनी र म्याग्देको प्रमुख कांग्रेसले गुमाउँदा माओवादी बराबर अवस्थामा छ । माओवादीले यसअघिको बन्दीपुर गुमाउँदा आँबुखैरेनी थपेको छ । देवघाट भने कांग्रेसले समात्यो ।

मनाङ २०७४ साल र अहिलेमा खासै भिन्नता छैन । ०७४ सालमा कांग्रेसले जितेको नासों र नार्पाभूमि अहिले पनि कांग्रेसले नै जितेको छ भने एमालेले जितेको चामे र मनाङ ङिस्याङ एमालेकै पोल्टामा छ । म्याग्दीमा एमालेले धवलागिरी गुमायो, जुन कांग्रेसले जितेको छ । कांग्रेसले गुमाएको अन्नपूर्ण, बेनी र मालिकामा एमालेले इन्ट्रि मारेको छ ।

बागलुङमा यसपालि एमालेलाई निकै धक्का लाग्यो । यसअघि जितेका चार पालिकामध्ये तीन पालिका अहिले गुमाएको छ । एमालेले गुमाएका तीन वटैमा कांग्रेस विजयी भएको छ । ढोरपाटन भने एमालेले सुरक्षित गर्‍यो । यसअघि कांग्रेसले जितेको जैमिनी नगरपालिकाको प्रमुख गठबन्धनबाट जनमोर्चालाई दिइएको थियो ।

समग्रमा कांग्रेसले यसअघि जितेका २१ पालिका प्रमुख गुमाएको छ भने १२ वटा नयाँ पालिकामा चुनाव जितेको छ । एमालेले १४ पालिका गुमाएर नयाँ  १४ वटै नयाँ पालिकामा चुनाव जितेको छ । माओवादीले भने यसअघिको एउटा पालिका गुमाएर आठ वटा पालिका नयाँ जितेको छ । ८५ पालिकामध्ये झण्डै आधा अर्थात ३६ पालिकामा नयाँ पार्टीले चुनाव जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा