भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

संबिधान संशोधन गर्न सकिन्छ, मनपरी गर्न पाइदैन: ओली

२० भाद्र २०७३, सोमबार ०८:००

भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् ।

स्वास्थ्य परिक्षणका लागि एक साताअघि थाइल्यान्ड गएका एमाले अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने- 'संविधान संशोधन हुनसक्छ । एकपटक संशोधन भई पनि सकेको छ,' ‘तर संविधान संशोधन चाहनेहरुको माग के हो प्रष्ट छैन । माग उचित भए संशोधन हुनसक्छ ।’

संविधान संशोधनबारे आफूहरुसँग कुनै छलफल सम्म नभएको बताउँदै ओलीले थपे –‘संशोधनबारे अखबवारी हल्लाको भरमा बोल्न आवश्यक छैन । कुनै दवाव वा बहकावमा लागेर लोकतन्त्रलाई अप्ठ्यारो पर्नेगरी कसैको स्वार्थका लागि संशोधन गर्ने कुरा होइन ।’

 ओलीले आफू स्वस्थ्य रहेको बताउँदै भने,- ‘म स्वस्थ्य परिक्षणको लागि थाइल्यान्ड गएको हुा । पित पत्रकारिता गर्नेहरुले म र को एजेन्टलाई भेट्न गएको भनेर पनि प्रचार गरे । त्यसको म खण्डन गर्छु ।’

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए । उनले हाँस्दै भने, ‘सरकारको समिक्षा मैले किन गर्नु, मबाहेक अरुले गर्न हुँदैन ?।’ उनले आफू स्वस्थ्य भएर फर्किएको भन्दै बाँकी जीवन संविधान कार्यान्वयनका साथै देशको र पार्टीको लागि खर्चिने बताए । गत भदौ ९ गते थाइल्याण्ड गएका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव