काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

मधेस समस्या समाधानका लागि सरकार परिवर्तन:नेता सिंह

२०७३, २० भाद्र सोमबार ०९:३०

काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् । 

नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको आज उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । 

उनले भने-, “तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।” 

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले काँग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताए ।उनले भने-, “प्रजातन्त्र विरोधी शक्ति सल्बलाइरहेको यो समयमा तरुण दलको देशप्रति ठूलो जिम्मेवारी छ ।” 

तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरेपनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पारे । 

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृ संस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए । 

तरुण दल काठमाडौँका अध्यक्ष गोकर्ण केसी, सांसद भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुँइकेल, राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, तरुण नेत्री जीवन डङ्गोल, लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले पार्टीका भ्रातृ संस्थाको पदाधिकारीमा काठमाडौँको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु