काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

मधेस समस्या समाधानका लागि सरकार परिवर्तन:नेता सिंह

२० भाद्र २०७३, सोमबार ०९:३०

काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् । 

नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको आज उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । 

उनले भने-, “तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।” 

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले काँग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताए ।उनले भने-, “प्रजातन्त्र विरोधी शक्ति सल्बलाइरहेको यो समयमा तरुण दलको देशप्रति ठूलो जिम्मेवारी छ ।” 

तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरेपनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पारे । 

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृ संस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए । 

तरुण दल काठमाडौँका अध्यक्ष गोकर्ण केसी, सांसद भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुँइकेल, राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, तरुण नेत्री जीवन डङ्गोल, लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले पार्टीका भ्रातृ संस्थाको पदाधिकारीमा काठमाडौँको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव