भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन: पोखरेल

२० भाद्र २०७३, सोमबार ११:५०

भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

उनले भने,‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेशीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार काँग्रेसलाई छैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।’

उनले अघि थपे,‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।’

आयोजित साक्षात्कारमा संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘ यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।’

संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाईएको आरोप लगाउँदै उनले भने,‘मधेशी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होईन् ।’

पोखरेलले मधेशी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान लिए । उनले अघि भने,‘के विषयमा संशोधन गर्ने, औचित्य स्पष्ट नगरी अमुर्त कुरा गरेर कसैको विशेष निर्देशन पालना गर्नको लागि गर्ने भनिएको संविधान संशोधनको पक्षमा एमाले छैन, कसैको निर्देशन पालना गर्न जरुरी छैन् ।’

राष्ट्रिय समस्याको विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने एमाले विपक्षमा रहन्छ, एमाले पहलकदमी र सहमति विना संशेधनको सम्भवाना छैन ।’ उनले संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भएमात्रै संशोधन गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । ‘कार्यान्वयन नै नभई संशोधनेका कुरा हुँदैन,’उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव