भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन: पोखरेल

२०७३, २० भाद्र सोमबार ११:५०

भदौ २०, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

उनले भने,‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेशीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार काँग्रेसलाई छैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।’

उनले अघि थपे,‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।’

आयोजित साक्षात्कारमा संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘ यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।’

संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाईएको आरोप लगाउँदै उनले भने,‘मधेशी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होईन् ।’

पोखरेलले मधेशी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान लिए । उनले अघि भने,‘के विषयमा संशोधन गर्ने, औचित्य स्पष्ट नगरी अमुर्त कुरा गरेर कसैको विशेष निर्देशन पालना गर्नको लागि गर्ने भनिएको संविधान संशोधनको पक्षमा एमाले छैन, कसैको निर्देशन पालना गर्न जरुरी छैन् ।’

राष्ट्रिय समस्याको विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने एमाले विपक्षमा रहन्छ, एमाले पहलकदमी र सहमति विना संशेधनको सम्भवाना छैन ।’ उनले संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भएमात्रै संशोधन गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । ‘कार्यान्वयन नै नभई संशोधनेका कुरा हुँदैन,’उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु