भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मा"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छ: प्रधानमन्त्री

२०७३, २१ भाद्र मंगलवार ०७:१५

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मावलम्बी सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले बौद्ध समुदायको ठूलो उपस्थिति नेपालमा गर्न सकियो भने विश्वभर शान्तिको सन्देश प्रवाह गर्नाका साथै नेपालको आर्थिक एवम् पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताए । 

प्रधानमन्त्रीले भने– “बुद्धको शिक्षा सार्वभौम छ र यो सर्वकालका लागि मान्य हुन्छ । विश्व शान्ति चाहने सबैका लागि समेत उपयोगी हुन सक्छ । नेपाल बुद्धको भूमि भएकाले पनि शान्तिको सन्देश नेपालबाटै फैलनुपर्छ र फैलन्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।” 

प्रधानमन्त्रीले मगध सम्राट् अशोकको भूमिका युद्धबाट फर्केर शान्तिका लागि भए जस्तै आफूले पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पु¥याउन चाहेको बताए । 

प्रतिनिधिमण्डलले विश्व शान्तिका लागि बुद्ध भूमिलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु