भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपा"/>
२९ पुष २०८२, मंगलवार
कपिलवस्तु - KPL

‘मधेस सरकार स्वागत गर्दछ’ लेखिएको देखेपछि…

२२ भाद्र २०७३, बुधबार ०५:२१

भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालको कृष्णनगर प्रवेश गरे । 

उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने आज ‘मधेस सरकार आपका स्वागत करता है’ हेर्दा तिवारी छक्क परे । 

उनले मधेस सरकार लेखिएको देख्दा म कुन देश आएँ भन्दै यताउता सोध्न थाले । यो त प्रतिनिधि घटना मात्र हो । आजभोलि दैनिकजसो कृष्णनगर नाका हुँदै नेपाल भित्रने अधिकांश भारतीय नागरिक अलमल्ल पर्ने गरेको कृष्णनगरका हरिबोल गुप्ताले बताउनुभयो । 

गत वर्ष साउनदेखि चर्किएको मधेस अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलिएको छ । कपिलवस्तुका प्रायः सबै सरकारी निकाय, चोक, चौराहामा मधेस सरकार र मधेसी दलका माग लेखिएको देख्न पाइन्छ । 

आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए । कपिलवस्तुमा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत सङ्घसंस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ । 

मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि ? भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन् । 

मधेस सरकार लेखिँदा कपिलवस्तुका बालबालिकामा समेत नकारात्मक असर पर्दै गएको छ । विभिन्न ठाउँमा लेखिएको ‘मधेस सरकार’ शब्दले गर्दा बालबालिकाले यो नेपाल सरकार हो कि मधेस सरकार भन्दै भ्रममा पर्नेगरेका छन् । 

आन्दोलनका क्रममा विभिन्न किसिमका प्रचार सामग्रीले गर्दा तराईमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् । केही हप्ता पहिले सरकार र मधेसी मोर्चाबीच मधेसका समस्या समाधानका लागि तीनबुदे सहमति भयो । तर अन्दोलनका क्रममा लेखिएका ‘मधेस सरकार’ लेखिएका होर्डिङ बोर्ड हटाउनेतर्फ कसैको ध्यान पुगेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव