भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपा"/>
२०८२, १३ चैत्र शुक्रबार
कपिलवस्तु - KPL

‘मधेस सरकार स्वागत गर्दछ’ लेखिएको देखेपछि…

२०७३, २२ भाद्र बुधबार ०५:२१

भदौ २२, कपिलवस्तु । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालको कृष्णनगर प्रवेश गरे । 

उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने आज ‘मधेस सरकार आपका स्वागत करता है’ हेर्दा तिवारी छक्क परे । 

उनले मधेस सरकार लेखिएको देख्दा म कुन देश आएँ भन्दै यताउता सोध्न थाले । यो त प्रतिनिधि घटना मात्र हो । आजभोलि दैनिकजसो कृष्णनगर नाका हुँदै नेपाल भित्रने अधिकांश भारतीय नागरिक अलमल्ल पर्ने गरेको कृष्णनगरका हरिबोल गुप्ताले बताउनुभयो । 

गत वर्ष साउनदेखि चर्किएको मधेस अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलिएको छ । कपिलवस्तुका प्रायः सबै सरकारी निकाय, चोक, चौराहामा मधेस सरकार र मधेसी दलका माग लेखिएको देख्न पाइन्छ । 

आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए । कपिलवस्तुमा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत सङ्घसंस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ । 

मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि ? भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन् । 

मधेस सरकार लेखिँदा कपिलवस्तुका बालबालिकामा समेत नकारात्मक असर पर्दै गएको छ । विभिन्न ठाउँमा लेखिएको ‘मधेस सरकार’ शब्दले गर्दा बालबालिकाले यो नेपाल सरकार हो कि मधेस सरकार भन्दै भ्रममा पर्नेगरेका छन् । 

आन्दोलनका क्रममा विभिन्न किसिमका प्रचार सामग्रीले गर्दा तराईमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् । केही हप्ता पहिले सरकार र मधेसी मोर्चाबीच मधेसका समस्या समाधानका लागि तीनबुदे सहमति भयो । तर अन्दोलनका क्रममा लेखिएका ‘मधेस सरकार’ लेखिएका होर्डिङ बोर्ड हटाउनेतर्फ कसैको ध्यान पुगेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु