खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

रातोपाटि अनलाइनले आफ्नो राजनैतिक चरित्रको हत्या गर्यो: सांसद् बस्नेत

२०७३, २२ भाद्र बुधबार ०६:५४

खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी र राजनैतिक चरित्रको हत्या गर्ने दुस्साहस भएको भन्दै रातोपाटी अनलाइन प्रति आपत्ती जनाएका छन । 

गत भदौ २० गते माओवादी केन्द्र नजिकका मान्छेले संचालनमा ल्याएको रातोपाटी डटकमले माओवादीले आफ्नो भागमा परेको मन्त्री नियुक्ति गरिसकेको केही दिनपछि बालुवाटार पुगेर यसरी आत्महत्याको धम्की दिने अरु कोही नभएर सल्यान क्षेत्र नम्बर १ का माओवादी सांसद् टेकबहादुर बस्नेत हुन भनेर जनआश्थाको समाचार साभार गरेर प्रकाशन गरेको थियो । 

बालुवाटारमा आफ्नो कुरा राख्न पुगेका बस्नेतले ‘रुकुम रोल्पालाई दुईवटा मन्त्री दिने, हामीलाई किन नदिने भन्दै प्रचण्डसँग गुनासो गरेर अन्तिममा रुँदै आत्महत्याको धम्की नै दिएको चर्चा माओवादी सांसद्बीच चलेको छ भनेर पत्रिकाले प्रकाशन गरेकोमा  आफ्नो ध्यानाकर्षण भएको सांसद टेकबहादुरको कथन छ । 

आफनो फेसबुक वालमा उनले लेखेका छन – “जहाँसम्म मन्त्री नपाए आत्महत्या गर्ने कुरा छ, त्यो त मन्त्रिमण्डल विस्तार गर्नु पूर्व लाजिम्पाट कार्यालय बैठकका सबै क्रियाकलाप र दृश्य ताजै छन् । के रातोपाटी डटकममा आएकै अभिव्यक्तिलाई केन्द्र र सही मान्ने हो भने यसपटक सल्यानको सरकारमा सम्मानजनक प्रतिनिधित्व नभए पनि हुन्छ ? यस्तै भइरहनु ठिक हुन्छ ? जनयुद्ध र जनआन्दोलनमा सल्यानको कुनै भूमिका नै छैन ? सल्यानले सम्मानजनक अवसर र प्रतिनिधित्व पाउनुपर्छ भन्नु सल्यानी जनता, मतदाता र शुभचिन्तक समर्थकहरुको आपराधिक आकांक्षा हो ?” भनेर प्रश्न गरेका छन । 

रुकुम र रोल्पाबाट संचालित सल्यानको माओवादी आन्दोलनमा वर्तमान मन्त्रीपरिषदमा मन्त्री हुन नदिने जनार्दन शर्मा हुन भनेर भनेकाले आफ्ना नेताको बदनामका लागि अनलाइनले यस्तो छापेको बस्नेत निकट सल्यानका एक कार्यकर्ताले हामीलाई बताएका छन । 

उनले नाम नखुलाइदिन अनुरोध गर्दै हामीसंग पार्टीभित्रको अन्तरविरोध चुलिएको र यसले विष्पोटको रुप लिने बताएका छन । सल्यानमा पारिवारिक राजनीति हावी हुदै गएको भन्दै आक्रोशमा आएका उनले अव सल्यानलाई पनि आफ्नो नियन्त्रणमा राख्न रुकुमका जनार्दनले चाल चलिरहेको र त्यसको गोटी सल्यानका नेता भिमप्रकाश शर्मालाई बनाएको भन्दै त्यो परिवारवादको राजनीतिलाई सल्यानमा जान नदिने बताएका छन । उनले भने जनार्दन र भिमप्रकाश नातेदार हुन र त्यो रातोपाटी अनलाइन पनि तिनकै नातेदारले संचालनमा ल्याएको अनलाइन हो, टेक बहादुरलाई नराम्रो देखाएर आफ्नो वर्चस्व बढाउन त्यो समाचार छापेको हो ।

माओवादी केन्द्रले संचालनमा ल्याएका राष्ट्रिय तथा स्थानिय मिडियालाई  जनार्दनले सम्म आफ्नो माताहतमा राखेर पारिवारीक रुपमा चलाउन थालेको सल्यानका माओवादी कार्यकर्ताको आरोप थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु