भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका "/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

सरकार फेरिए पनि शिक्षा नीतिमा परिवर्तन हुँदैन: मन्त्री पौडेल

२०७३, २२ भाद्र बुधबार ०७:५७

भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका छन्  । 

राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सातौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारपिच्छे शिक्षाका नीति र प्रणाली परिवर्तन गर्दा लगानीअनुसारको प्रतिफल र संविधानले व्यवस्था गरेका मौलिक हक पूर्ण कार्यान्वयन हुन नसकेको बताए । 

मन्त्री पौडेलले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालाका अघि सारिएका १८ बुँदे शैक्षिक सुधारका प्रतिबद्धताबमोजिम राष्ट्रिय शिक्षा आयोग गठन हुने र शिक्षा ऐन संशोधन कार्यान्वयनमा जाने जानकारी दिए  । मन्त्री पौडेलले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नु र शिक्षाका लगानी बढाउनु राज्यको दायित्व भएको पनि उल्लेख गरे । 

नेकपा (एमाले) का सांसद रवीन्द्र अधिकारीले शिक्षा र विकासलाई सँगै अघि बढाउनुपर्ने तथा औद्योगिक विकास मात्र नभई सामाजिक विकास र रुपान्तरणका लागि नागरिक क्षेत्रले काम गर्नुपर्ने  बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षा ऐन संशोधनले संविधानको पूर्ण मर्म बोक्न नसकेको भन्दै स्थानीय तहमा दिइएको शिक्षाको अधिकारको कार्यान्वयनको व्याख्या हुने गरी कानुन आउनुपर्ने बताए । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसँग सहकार्य गरेर मात्र शिक्षामा रुपान्तरण हुन सक्ने बताए । दुई दिनसम्म चल्ने सभामा महिला, दलित, सीमान्तकृत र शिक्षाका विषयमा कार्यपत्रसहित छलफल हुनेछ भने संस्थाको नयाँ नेतृत्व पनि चयन हुनेछ । 

सम्मेलनमा मुलुकभरका करिब ९० जनाको सहभागिता रहेको अध्यक्ष राजकुमार गन्धर्वले जानकारी दिए । यस वर्षको शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु