भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

सरकार फेरिए पनि शिक्षा नीतिमा परिवर्तन हुँदैन: मन्त्री पौडेल

२२ भाद्र २०७३, बुधबार ०७:५७

भदौ २२, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने  बताएका छन्  । 

राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सातौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारपिच्छे शिक्षाका नीति र प्रणाली परिवर्तन गर्दा लगानीअनुसारको प्रतिफल र संविधानले व्यवस्था गरेका मौलिक हक पूर्ण कार्यान्वयन हुन नसकेको बताए । 

मन्त्री पौडेलले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालाका अघि सारिएका १८ बुँदे शैक्षिक सुधारका प्रतिबद्धताबमोजिम राष्ट्रिय शिक्षा आयोग गठन हुने र शिक्षा ऐन संशोधन कार्यान्वयनमा जाने जानकारी दिए  । मन्त्री पौडेलले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नु र शिक्षाका लगानी बढाउनु राज्यको दायित्व भएको पनि उल्लेख गरे । 

नेकपा (एमाले) का सांसद रवीन्द्र अधिकारीले शिक्षा र विकासलाई सँगै अघि बढाउनुपर्ने तथा औद्योगिक विकास मात्र नभई सामाजिक विकास र रुपान्तरणका लागि नागरिक क्षेत्रले काम गर्नुपर्ने  बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षा ऐन संशोधनले संविधानको पूर्ण मर्म बोक्न नसकेको भन्दै स्थानीय तहमा दिइएको शिक्षाको अधिकारको कार्यान्वयनको व्याख्या हुने गरी कानुन आउनुपर्ने बताए । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसँग सहकार्य गरेर मात्र शिक्षामा रुपान्तरण हुन सक्ने बताए । दुई दिनसम्म चल्ने सभामा महिला, दलित, सीमान्तकृत र शिक्षाका विषयमा कार्यपत्रसहित छलफल हुनेछ भने संस्थाको नयाँ नेतृत्व पनि चयन हुनेछ । 

सम्मेलनमा मुलुकभरका करिब ९० जनाको सहभागिता रहेको अध्यक्ष राजकुमार गन्धर्वले जानकारी दिए । यस वर्षको शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव