भदौ २२, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीले प्रशासनिक पूर्नसंरचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीले प्रशासनिक पूर्नसंरचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन् ।"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

सरूवा–बढुवाको लोभमा फस्दिन्, गल्ती गर्नेलाई कारवाही गरेरै छोड्छु: मन्त्री बुढाथोकी

२०७३, २२ भाद्र बुधबार ११:४०

भदौ २२, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीले प्रशासनिक पूर्नसंरचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनको लागि पनि प्रशासनिक क्षेत्रको पूर्नसंरचना आवश्यक भएकोले छिट्टै यसबारेमा खाका सार्वजनिक गर्ने बताएका हुन् । उनले अघि थपे,‘एकातिर आयोगले भौगोलिक पूर्नसंरचनाको काम गरिरहेको छ, अब हामी प्रशासनिक क्षेत्रको पूर्नसंरचनामा जुटेका छौं, यसको लागि गृहकार्य सुरु भएको छ ।’

आयोजित साक्षात्कारमा मन्त्री बुढाथोकीले सरकारको मिसन नै संविधान कार्यान्वयन गर्नु भएकोले त्यसतर्फ सरकार गम्भिर भएको स्पष्ट पार्दै भने,‘सरकारको मुख्य उद्देश्य भनेको नै संविधान कार्यान्वयन गर्नु हो, यसको लागि तीन चरणको चुनाव निर्वाचन गर्नुपर्छ ।’

बुढाथोकीले प्रशासनिक सुधारको लागि आफूले आयोगका प्रतिवदेनहरु धमाधम खोजि गरेको उल्लेख गर्दै सरोकारवाला सबै पक्ष पूर्व प्रशासकदेखि बुद्धिजीवीहरुसँग छलफल गरेर सान्र्दभिक प्रतिवेदन पेश गर्ने विश्वास व्यक्त गरे ।

हाल ८५ हजार निजामती कर्मचारीहरु रहेको बताउँदै प्रशासनिक पूर्नसंरचना गर्दा कर्मचारीहरुलाई उपर्युक्त स्थान दिने बताए । उनले अघि थपे,‘अहिले २८ सय कर्मचारीको सरूवा तथा बढुवाको कुरा आएको छ, लोकसेवा आयोगले स्विकृति दियो भने गम्भिर भएर यसबारेमा निर्णय गर्छु ।’

प्रशासन क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने कुरामा अहिले दुवै पक्षवीच समझदारी बनेको उनको भनाई थियो । उनले अघि थपे,‘राजनीति सबै क्षेत्रमा छ, तर कार्यालय समयमा हामी यसबाट टाढा बस्नुपर्छ, म स्वयम पनि कार्यालय समयभित्र राजनीतिक गतिविधिमा संलग्न हुने छैन, त्यस्तै कर्मचारी साथीहरुले पनि यसबारेमा सोच्नुपर्छ, हुन त उहाँहरुले प्रतिबद्धता पनि जनाउनुभएको छ ।’

विहानी सेवा सञ्चालन गर्नेवारेमा यसको प्रभावकारितालाई हेरेर आफूले निर्णय लिने मन्त्री बुढाथोकीको विश्वास थियो । उनले भने,‘राम्रो कुरालाई समर्थन गर्नुपर्छ, त्यसमा कुनै दुईमत छैन, तर प्रभावकारीता बारेपनि सोच्नुपर्छ ।’

सार्वजनिक विदा धेरै भयो भन्ने जन गुनासो छ नि, तपाई विदा घटाउने बारेमा केही निर्णय लिनुहुन्छ कि के गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘०६२÷६३ आन्दोलनपश्चात् समावेशीका कुराहरु बढि आएका छन्, विदा दिईएको छ, तर अहिले नै यसबारेमा मैले केही सोचेको छैन् ।’

आफू कर्मचारी सरूवा तथा बढुवाको कुनै लोभ लालचमा नफस्ने बताउँदै उनले भने,‘मेरो लागि यस्तो कुरा कुनै मतलबको होईन, म चुक्नेवाला छैन, ढुक्क हुनुहोस, राम्रो काम गर्नेलाई म खुल्ला दिलले पुरस्कार गर्छु, गल्ती गर्नेलाई कुनै हालतमा छोड्दिन् ।’

उनले दृष्टिविहीन, अपांगता भएका कर्मचारीहरुलाई उनीहरुकै रोजाईको क्षेत्रमा काम गर्ने वातावरण मिलाउने, वैवाहिक जोडीलाई (तल्लो तहका कर्मचारी) एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाउने जस्ता व्यवस्था गर्न लागेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु