भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक "/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

मधेशका १ लाख युवालाई रोजगारी दिन राजेन्द्र महतोले प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव….

२०७३, २४ भाद्र शुक्रबार १४:२३

भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सिमित नराख्न सुझाव दिएका छन्। 

सिंहदरबारमा आज दिउसो भएको भेटघाटमा दुबै नेताबीच संविधान संशोधन र प्रधानमन्त्रीको भारत भ्रमणमा कुराकानी  केन्द्रित रहेको थियो। सदभावना अध्यक्ष महतोले यस भारत भ्रमणलाई राजनीतिक भेटघाट भन्दा पनि नेपालमा निवेश बढाउने र युवाहरुको लागि रोजगारको अवसरलाई बढ़ावा दिनमा केन्द्रित राख्ने सुझाव दिनुका छन्। यस भेटघाटबारे जानकारी दिँदै महतोले भने 'मधेशको १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हूँ'।  भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसंग नेपाललाई खास गरि मधेशको युवालाई जोड्ने सुझाव दिएको महतोले जानकारी गराए । 

नेपालमा रोजगारीको अवसर नभएको हुनाले प्रत्येक वर्ष लाखौ युवाहरु खाड़ी लगायत अन्य मुलुकमा गई काम गर्न बाध्य भएको कुरा स्मरण गराउँदै सदभावना अध्यक्ष महतोले नेपालका युवाहरुलाई प्रत्येक क्षेत्रमा दक्ष बनाई देशमा स्वरोजगारी बढाउन र विदेश जांदा पनि दक्ष कामदारको रुपमा गए अनेक दुःख र कष्टबाट जोगिन सक्ने सुझाव दिएका छन। महतोले स्किल डेभेलपमेंट योजनालाई द्विपक्षीय वार्ताको एजेण्डा बनाउन मांग गर्दै भारत सरकारसंग तकनिकी सहयोगको समझौतामा दुबै देश बीच हस्ताक्षर हुने माहौल बनाई दिन मांग गरेका छन्।  उनले भारत सरकारको आर्थिक सहयोगमा संचालित परियोजनालाई पूरा गर्नुको साथै यो फ़रक खाले समझौतामा नेपाल सरकारको तर्फबाट प्राथमिकताका साथ राख्ने माँग गर्नु भयो । 

१ लाख युवालाई दक्ष बनाउनको लागि ३ अर्ब ५० करोड़ रुपैया लाग्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला दिएको १ मिलियन डलरबाट उपयोग गर्नु पर्ने सुझाव समेत आफूले प्रधानमन्त्री प्रचण्डलाई दिएको कुरा महतोले बताउनु भएको थियो।  उनले ७० प्रतिशत राजश्व आउने र राष्ट्रको ६० प्रतिशत जीडीपीको योगदान पनि तराई मधेशबाट हुने भएकोले सरकारले मधेशको युवाको स्वरोजगारीको लागि रकम खर्च गर्दा समेत सरकारी ढुकुटीमा २ अरब रुपैया वार्षिक थप्ने दाबी गर्नु भएको सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु