प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठ"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेको सरकार विद्रोह गर्ने र दवाउने विचको होः महान्याधिवक्ता

२०७३, २५ भाद्र शनिबार १८:०४


प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठले अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले द्धन्द्धकालिन मुद्धा सन्तुलित ढंगले समधान हुने दावि गरेका छन् ।  शनिवार विहान गुल्मीको सरकारी वकिल कार्यालय भवन निमार्णको शिलान्यास  पछि समारोहलाई सदरमुकाम तम्घासमा सम्वोधन गर्दै श्रेष्ठले यस्तो दावि गरेका हुन् । 

‘बेवत्ता तथा सत्य निरुपण  आयोग र  मेलमिलाप आयोग  प्रति कतिपयले आशंका पनि गरेका छन् ’–उनले भने–‘त्यस्तो आशंका गर्नु पर्दैन  किन कि अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले  कुनै  पनि पक्षको पिडकले उन्मुक्ती पाउने छैनन् । ’

उनले आयोगलाई स्वतन्त्र पुर्वक काम गर्ने वातवरण दिए  पहिला उसले द्धन्द्धकालमा कुन पिडित कुन पिडक भन्ने छानविन गर्नेछ ।  त्यस पछि आयोगले पिडितलाई क्षतिपुर्ति दिनेछ र परिपोषण   पनि गर्ने बताए  ।   अहिलेको सरकार र आयोग पिडितमैत्री हुने दावि गर्दै  गम्भीर अपराधका  मुद्धामा भने पिडकलाई आम माफी  यो सरकारले  नदिने प्रधानमन्त्रीको  प्रतिवद्धता जाहेर गरी दिए ।

हिजो टाउकोको मुल्य तोकिएका र तोक्नेहरु मिलेर सरकार सञ्चालनमा रहेको कुरा दोहराउँदै सरकार कानुन  संशोधन  गरेर द्धन्द्धकालिन मुद्धा कसरी टुङ्गाउने भन्ने विषयमा चिन्तीत रहेको  जनाउ दिए । सरकारमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र  द्धन्द्धकालिन मुद्धा समधान  गर्ने , संविधान कार्यन्वयन  गराउने र छिटो भन्दा छिटो स्थानिय निर्वाचन गराउन तत्पर रहेको उनको भनाई थियो ।

उनले जिल्ला तहमा सरकारी वकिलको कार्यालय र  प्रहरी विच को ठुलो र को सानो भन्ने द्धन्द्ध  हुन नहुने  सुझाव दिए ।  दुवै  पक्ष मिलेर  पिडकलाई सजाएँ दिने र पिडितलाई न्याय कसरी दिलाउने भन्ने विषयमैं केन्द्रित रहन उनले  निर्देशन दिए ।

शिलान्यास समारोमा जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी र कास्की जिल्ला न्यायधिवक्ता  अच्युतराज डुमेको विशेष आतिथ्यता थियो । त्यस्तै रुपन्देहीका जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डे , पाल्पाका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा,  गुल्मी स्थित नेपाल वार एशोसियशनका अध्यक्ष बिष्णु बलाल,  विभिन्न राजनैतिक दलका प्रतिनिधी , सुरक्षा निकायका प्रमुखहरु र संघ संस्थाहरुको आतिथ्यता रहेको थियो ।

पुनरवेदन सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता  ध्रुवकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीका सह न्यायधिवक्ता कैलाश केसीको स्वागत मन्तव्य र  जिल्ला अदालत गुल्मीकी ना.सु. सिता घिमिरेको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु