प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेको सरकार विद्रोह गर्ने र दवाउने विचको होः महान्याधिवक्ता

२५ भाद्र २०७३, शनिबार १८:०४


प्रेम सुनार | भदौ २५, गुल्मी । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठले अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले द्धन्द्धकालिन मुद्धा सन्तुलित ढंगले समधान हुने दावि गरेका छन् ।  शनिवार विहान गुल्मीको सरकारी वकिल कार्यालय भवन निमार्णको शिलान्यास  पछि समारोहलाई सदरमुकाम तम्घासमा सम्वोधन गर्दै श्रेष्ठले यस्तो दावि गरेका हुन् । 

‘बेवत्ता तथा सत्य निरुपण  आयोग र  मेलमिलाप आयोग  प्रति कतिपयले आशंका पनि गरेका छन् ’–उनले भने–‘त्यस्तो आशंका गर्नु पर्दैन  किन कि अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले  कुनै  पनि पक्षको पिडकले उन्मुक्ती पाउने छैनन् । ’

उनले आयोगलाई स्वतन्त्र पुर्वक काम गर्ने वातवरण दिए  पहिला उसले द्धन्द्धकालमा कुन पिडित कुन पिडक भन्ने छानविन गर्नेछ ।  त्यस पछि आयोगले पिडितलाई क्षतिपुर्ति दिनेछ र परिपोषण   पनि गर्ने बताए  ।   अहिलेको सरकार र आयोग पिडितमैत्री हुने दावि गर्दै  गम्भीर अपराधका  मुद्धामा भने पिडकलाई आम माफी  यो सरकारले  नदिने प्रधानमन्त्रीको  प्रतिवद्धता जाहेर गरी दिए ।

हिजो टाउकोको मुल्य तोकिएका र तोक्नेहरु मिलेर सरकार सञ्चालनमा रहेको कुरा दोहराउँदै सरकार कानुन  संशोधन  गरेर द्धन्द्धकालिन मुद्धा कसरी टुङ्गाउने भन्ने विषयमा चिन्तीत रहेको  जनाउ दिए । सरकारमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र  द्धन्द्धकालिन मुद्धा समधान  गर्ने , संविधान कार्यन्वयन  गराउने र छिटो भन्दा छिटो स्थानिय निर्वाचन गराउन तत्पर रहेको उनको भनाई थियो ।

उनले जिल्ला तहमा सरकारी वकिलको कार्यालय र  प्रहरी विच को ठुलो र को सानो भन्ने द्धन्द्ध  हुन नहुने  सुझाव दिए ।  दुवै  पक्ष मिलेर  पिडकलाई सजाएँ दिने र पिडितलाई न्याय कसरी दिलाउने भन्ने विषयमैं केन्द्रित रहन उनले  निर्देशन दिए ।

शिलान्यास समारोमा जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी र कास्की जिल्ला न्यायधिवक्ता  अच्युतराज डुमेको विशेष आतिथ्यता थियो । त्यस्तै रुपन्देहीका जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डे , पाल्पाका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा,  गुल्मी स्थित नेपाल वार एशोसियशनका अध्यक्ष बिष्णु बलाल,  विभिन्न राजनैतिक दलका प्रतिनिधी , सुरक्षा निकायका प्रमुखहरु र संघ संस्थाहरुको आतिथ्यता रहेको थियो ।

पुनरवेदन सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता  ध्रुवकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीका सह न्यायधिवक्ता कैलाश केसीको स्वागत मन्तव्य र  जिल्ला अदालत गुल्मीकी ना.सु. सिता घिमिरेको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव