भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्य"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

पञ्चेश्वर आयोजना अघि बढ्छ: परराष्ट्रमन्त्री महत

२०७३, २६ भाद्र आईतवार ११:४७

भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका छन् । 

नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गरिने  बताएका हुन् । 

प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा उनिआज त्यसतर्फ जानुभएको हो । परराष्ट्रमन्त्री डा महतले भने-, “प्रधानमन्त्रीको भारत भ्रमणका बेला सीमा क्षेत्रमा हुने डुबान समस्याको सामाधान, हुलाकी राजमार्गको निर्माण, भूकम्पपीडितलाई सहयोग गर्नेलगायतका विषयमा छलफल हुन्छ ।” 

प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दैछन्  । 

भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सहयोग स्वरुप घोषणा गर्नुभएको एक अर्ब अमेरिकी डलर सहुलियत ऋण परिचालनको ‘मोडालिटी’ बारे कुरा भइरहेको जानकारी दिए । 

मन्त्री डा महतका साथ परराष्ट्र मन्त्रालयका दक्षिण एसिया डेस्क हेर्ने सहसचिव भृगु ढुङ्गाना पनि भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री डा महतको सोमबार मध्याह्न भारतीय विदेश मन्त्री स्वराजसँग भेट्ने कार्यक्रम छ । मन्त्री डा महत मङ्गलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु