भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्य"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

पञ्चेश्वर आयोजना अघि बढ्छ: परराष्ट्रमन्त्री महत

२६ भाद्र २०७३, आईतवार ११:४७

भदौ २६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका छन् । 

नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गरिने  बताएका हुन् । 

प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा उनिआज त्यसतर्फ जानुभएको हो । परराष्ट्रमन्त्री डा महतले भने-, “प्रधानमन्त्रीको भारत भ्रमणका बेला सीमा क्षेत्रमा हुने डुबान समस्याको सामाधान, हुलाकी राजमार्गको निर्माण, भूकम्पपीडितलाई सहयोग गर्नेलगायतका विषयमा छलफल हुन्छ ।” 

प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दैछन्  । 

भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सहयोग स्वरुप घोषणा गर्नुभएको एक अर्ब अमेरिकी डलर सहुलियत ऋण परिचालनको ‘मोडालिटी’ बारे कुरा भइरहेको जानकारी दिए । 

मन्त्री डा महतका साथ परराष्ट्र मन्त्रालयका दक्षिण एसिया डेस्क हेर्ने सहसचिव भृगु ढुङ्गाना पनि भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री डा महतको सोमबार मध्याह्न भारतीय विदेश मन्त्री स्वराजसँग भेट्ने कार्यक्रम छ । मन्त्री डा महत मङ्गलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव