भदौ २७, काठमाडौं । जिल्लामा यथोचित बिकास हुनुपर्ने भन्दै रोल्पालीहरु काठमाडौंमा आएका छन् । 

स्थानीय विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौं । जिल्लामा यथोचित बिकास हुनुपर्ने भन्दै रोल्पालीहरु काठमाडौंमा आएका छन् । 

स्थानीय विक"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिकास माग्दै रोल्पाली काठमाडौंमा

२७ भाद्र २०७३, सोमबार ०८:४२

भदौ २७, काठमाडौं । जिल्लामा यथोचित बिकास हुनुपर्ने भन्दै रोल्पालीहरु काठमाडौंमा आएका छन् । 

स्थानीय विकास अधिकारी  सुशील बैद्यको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधि, उद्योग–व्यवसायी र नागरिक समाजका प्रतिनिधि सहभागि टोलीले आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री  बालकृष्ण खाँड र संस्कृति, नागरिक उड्यन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीलाई भेटेर १८ बुधें ज्ञापन पत्र बुझाएको छ । 

आफ्नो कार्यकक्ष सिंहदरबारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले हिजो परिर्वतनको लागि ठुलो त्याग गरेका रोल्पालीले अहिले बिकास माग्नु उचित भएको बताए ।  ज्ञापनपत्र मार्फत अघि सारिएका अधिकांश माग पुरा गर्न सकिने खालका भएका भन्दै उनले त्यसको सम्बोधन गर्न आफुले पुरै कोसिस गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री लगायत महत्वपूर्ण भूमिकामा रोल्पाको राम्रो उपस्थिति रहेकाले पनि यि माग पुरा गर्न सहज हुने भन्दै प्रधानमन्त्रीले अब ल्याइने पुरक बजेटमा मागलाई सम्बोधन गर्न कोसिस गर्ने बचन दिए । प्रधामन्त्री प्रचण्डले मागहरुलाई मन्त्रीपरिषदको बैठकमा लगेर छलफल गराउने समेत प्रतिबद्धता जनाए । 

त्यस्तै अर्थमन्त्री  कृष्ण बहादुर महराले रोल्पालाई आवश्यक बजेट दिने कुरामा आफुले कुनै कन्जुस्याई नगर्ने बताए । आफ्नै कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महराले बिकासमा चासो राखेर सर्वदलीय टोली काठमाडौं आएकोमा खुसी व्यक्त गरे । उनले सबै दललाई  बिकासको मुद्धामा एक ढिक्का भएर ठोस योजना बनाउन समेत आग्रह गरे । जिल्लाका सबै राजनीतिक दल मिलेर ठोस योजना बनाइ त्यहीबाट सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाउन आग्रह गर्दै मन्त्री महराले ति पुरा गर्न आफु लागि पर्ने प्रतिबद्धता जनाए ।  

संस्कृति, नागरिक उड्यन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीले पनि रोल्पालाई सहयोग गर्न आफु पूर्ण रुपमा तयार भएको बताए । उनले अफ्नो मन्त्रालयमा आएका सबै प्रस्ताव अघि बढाउने बताए । 

त्यस्तै रक्षामन्त्री बालकृष्ण खाँडले के कारण बिष्फोटक पदार्थ माग गरिएको प्रस्ताव अघि बढ्न नसकेको हो त्यो बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । रक्षामन्त्री खाँडसँग रोल्पाको  श्रीक्याङ भिरमा देखिएको चट्टान फोर्न बिष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक बिष्फोट पदार्थ उपलब्ध गराउन माग गरिएको थियो । त्यस क्रममा रक्षामन्त्री खाँडले सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाए । 

सर्वदलीय टोलीले बुझाएको १८ बुदेँ ज्ञापन पत्रमा प्रत्येक गा.वि.स जोड्ने जिल्लाका सडकको निर्माण तथा स्तरोन्नति, बाढी पहिरोबाट क्षती भएका  सडकहरु मर्मत र बिभिन्न स्थानमा २३ वटा  मोटरेबल पुलहरु निर्माण गर्न आवश्य बजेट छुट्याउन माग गरिएको छ । बर्षौदेखि अलपत्र रहेको माडीखोलामा निर्माणाधीन माटेरेबल पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने  समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै पर्यटन पूर्वाधार तथा प्रर्वधनात्मक कार्यक्रमका लागि आवश्यक बजेट माग गरिएको छ । जस अन्र्तग गुरील्ला ट्रेकीङ रुटको बिकास, युद्ध पर्यटन प्रर्वधनका लागि पूर्वाधार बिकासको लागि बजेट माग गरिएको छ । त्यस्तै जलजला, स्वर्गद्वारी महाप्रभुको जन्म स्थान रुन्टी लगायत क्षेत्रको गुरुयोजना तथा पूर्वाधार निर्माणको लागि बजेट माग गरिएको छ । बडाचौर एयरपोर्ट पुनःनिर्माण लागि समेत आवश्यक बजेटको माग गरिएको छ । 

१३२ केभी प्रशारण लाइन माडीचौर र पोबाङसम्म बिस्तार गर्नुपर्ने र माडी जलविद्युत योजना यथासक्य कार्यान्वय हुनपर्ने माग गरिएको छ ।  साथै लुंग्री लगायतका अन्य  स्थानहरुमा सम्भाव्यता अध्ययन गरी योजना शुरु गर्न पनि भनिएको छ । 

त्यस्तै प्रारम्भिक बाल विकास कक्षाका लागि १६३, प्रा.वि.तह ४९, नि.मा.वि.तह २०१, मा.वि. तह १६९ र उच्च माविमा ६ गरी जम्मा ५८८ शिक्षक दरवन्दी थप गर्नुपर्ने  र जिल्लामा रहेका तीनवटै क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउनुपर्ने माग गरिएको छ । 

विभिन्न खानेपानी योजनाहरु निर्माण तथा पुनःनिर्माण, सिंचाइ योजनाहरु निर्मा, कृषि तथा पशुजन्य उत्पादन पकेट क्षेत्र विकासका लागि आवश्यक रकम विनियोजन गरी कार्यक्रम संचालन गर्न माग गरिएको छ । 

जिल्ला अस्पतालमा अत्याधुनिक डिजिटल प्रविधिका उपकरणहरु उपलव्ध हुनु पर्ने र विशेषज्ञ डाक्टरको दरवन्दी सिर्जना गरिनुपर्ने, घर्तीगाउँमा रहेको स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्यकेन्द्रमा स्तरोन्नति गर्नुपर्ने  पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै जिल्ला सदरमुकाम लिबाङ, जिल्लाको प्रमुख व्यापारिक केन्द्र सुलिचौर घर्तीगाउँमा व्यवस्थित स्यानिटरी ल्याण्डफिल साइट निर्माणका लागि आवश्यक रकम माग गरिएको छ ।

लोकतन्त्र र शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका र हाल प्रकाशन ÷प्रशारणमा कठिनाई भोगिरहेका जिल्लाका संचार माध्यमको प्रवर्धनका लागि आवश्यक बजेट बिनियोजन हुनुपर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

टोलीले सोमबार पनि आफ्नो भेटघाट जारी राख्ने भएको छ । रोल्पाको समग्र बिकासलाई लिएर सोमवार उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ति लगाएतलाई भेट्ने कार्यक्रम तय गरिएको छ । 

टोलीमा स्थानीय विकास अधिकारी सुशील बैद्यको नेतृत्वमा सांसदहरु  गोकुलप्रसाद घर्तीमगर र अमरसिंह पुनमगर छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्दै  काँग्रेसबाट  किशोरकुमार आचार्य, एमालेबाट अध्यक्ष  हरिप्रसाद घर्तीमगर, माआवादी केन्द्रबाट जिल्ला इन्चाज  दीपेन्द्रकुमार पुन,  राप्रपा नेपालबाट अध्यक्ष टिकाबहादुर वली, रा.प्र.पा.बाट अध्यक्ष अमरबहादुर थापा र रा.ज.मो.बाट अध्यक्ष मेघनाथ विष्ट  छन् । त्यस्तै जिल्ला बिकास समिति अन्र्तगत पर्यटन फोकल पर्सन दिपक डाँगी,  रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदी, गैरसरकारी संस्था महासंघका अध्यक्ष कर्णबहादुर बाँठा र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने छन् । 

त्यस्तै टोलीमा रोल्पाबाट राजधानीमा आएर पत्रकारिता गरिरहेका किरन आचार्य, मनोज घर्तिमगर, रामकुमार डाँगी,  रोहित केसी र तेजु बिष्ट पनि सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव