भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् ।"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

संविधान दिवसमा राजावादीले माइतीघरदेखि नयाँश्वरसम्म प्रर्दशन गर्ने

२०७३, २७ भाद्र सोमबार ०९:१०

भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनता पार्टी राजावादीले राजसंस्था र हिन्दूराज्यको पुर्नस्थापनाको माग गर्दै प्रर्दशन गर्न लागेको हो । 

राजधानीको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष किशोरी महतोले अहिलेको संविधान भ्रष्टचार, जातीय तथा धार्मिक असन्तुलनको कारक रहेको भन्दै खारेज गर्नु पर्ने बताए । उनले नेपालमा ९० प्रतिशत जनताले हिन्दू धर्म मान्ने गरेको दाबी गर्दै हिन्दूहरुको मतको आधारमा संविधान लेखिनुपर्ने बताए ।

नयाँ संविधानले सामाजिक सदभाव खल्बलिएको, भ्रष्टचार, कुशासनले व्याप्त रुप लिएको तथा दण्डहीनता बढेको जनाउँदै धर्मनिरपेक्षताले राष्ट्रको पहिचान मेटाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विदेशीको योजना ल्याएको संघीयताले भौगोलिक रुपमा जनताबीच आपसमा द्वेष पैदा गराई गृहयुद्धको चपेटामा धकेल्न काम निकट समयमै हुने भएको उल्लेख गर्दै २०४७ को संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विरोध प्रदर्शन संसदभवन नयाँबानेश्वरमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता नवदत्त पन्तले जानकारी दिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष नेत्र सुब्बा लिम्बू, प्रवक्ता नवदत्त पन्तलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु