भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भए"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

परराष्ट्र मन्त्री महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता

२०७३, २७ भाद्र सोमबार ०९:२१

भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि नयाँदिल्ली जानुभएका परराष्ट्र मन्त्री डा महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको बुझिएको छ । भेटवार्ता प्रधानमन्त्री दाहालको आसन्न भ्रमणमा केन्द्रित रहेको छ । 

विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार भारत जानुभएका परराष्ट्र मन्त्री डा महत राजनीतिक भेटघाट सकेर भोलि मङ्गलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दै छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु