भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भए"/>
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

परराष्ट्र मन्त्री महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता

२७ भाद्र २०७३, सोमबार ०९:२१

भदौ २७, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि नयाँदिल्ली जानुभएका परराष्ट्र मन्त्री डा महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको बुझिएको छ । भेटवार्ता प्रधानमन्त्री दाहालको आसन्न भ्रमणमा केन्द्रित रहेको छ । 

विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार भारत जानुभएका परराष्ट्र मन्त्री डा महत राजनीतिक भेटघाट सकेर भोलि मङ्गलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दै छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ