भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएक"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

संविधान संशोधन गर्न सरकारले स्वेतपत्र जारी गर्नुपर्छ: नेता पाण्डे

२०७३, २८ भाद्र मंगलवार ०७:१९

भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएको छ । 

खोटाङस्थित प्रेस चौतारी नेपालले मङ्गलबार दिक्तेलमा आयोजा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सिमा निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकतालगायतका विषयमा सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताउनुभयो । 

एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आउनुभएका नेता पाण्डेले भन्नुभयो– “संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ, यसका विषयमा सरकारको ठोस अवधारणा आउनुपर्छ ।” 

प्रदेशको सीमाङ्कनका क्रममा सुनसरी र कैलाली फुटाउने/नफुटाउने, तराई– पहाड अलग गर्ने/नगर्ने लगायतका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेका कारण उनीहरुको एकिकृत संशोधन प्रस्ताव आउन कठिन भएको उहाँले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु