भदौ २८, काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ "/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

बैद्य माओबादीले निर्वाचनमा भाग लिन छुट्टै मोर्चा गठन गर्यो

२०७३, २८ भाद्र मंगलवार १०:३४

भदौ २८, काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ । 

पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो । मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहेका छन् । 

आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताए । उनले भने– “हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँ, तर आवश्यकता अनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौँ । ” 

महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिए । 

मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म सङ्गठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ । यसअघि गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु