भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भार"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास

२८ भाद्र २०७३, मंगलवार १०:४८


भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताएका छन् । 

तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उनले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सोबताएका हुन् । मन्त्री डा महत आइतबार भारततर्फ गएका थिए । 

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज, ऊर्जामन्त्री पियूष कोयल, जलस्रोतमन्त्री उमा भारतीलगायतका नेतासँग द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा मैत्रीपूर्ण छलफल भएको बताए । 

बिहीबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको चारदिने राजकीय भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीको शिलशिलामा परराष्ट्रमन्त्री डा महतले भारत भ्रमण गरेका हुन् । 

उनले पञ्चेश्वर जलविद्युत् परियोजना निर्माणमा भारतले तदारुकता देखाउनुपर्ने आफूले जानकारी गराएको बताए । झन्डै दुईदशकअघिदेखि रोकिएको उक्त आयोजना निर्माण सम्बन्धमा २०७१ साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा छलफल भएको थियो । 

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका नेतासँग सीमा क्षेत्रमा डुबान, कृषि वस्तुको निर्यात, कमला डाइभर्सन, हुलाकी सडक, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने रिङ्रोड, थप नयाँ नाका खोल्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव