भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणलाई आशङ्का गर्नुहुँदैन: कर्ण

२०७३, २८ भाद्र मंगलवार १३:१४

भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का गर्न नहुने बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने गरे । उनले संविधानलाई सबैको मान्य बनाउन संविधान संशोधन गर्नै पर्ने बताउँदै देशका सबै पार्टी, वर्ग, जातजाति, लिङ्ग, समुदायले मान्न नसक्ने संविधान नटिक्ने बताए । 

सहअध्यक्ष कर्णले भने– “२०४७ सालको संविधान दश वर्ष पनि टिकेन, सबैलाई मान्य हुने गरी संशोधन हुन नसके यो संविधान पनि टिक्दैन ।” अङ्गीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको तर वैवाहिक अङ्गीकृत नागरिकताको पाउने महिलाले आफ्नो क्षमताअनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने माग भने रहेको जिकिर गरे । 

नेता कर्णले मधेसको माग पूरा नगरी तोकिएको समयमा निर्वाचन गर्छौं भन्नु गलत भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि ठूला दलहरु लागेको आरोप लगाए । सीमाङ्कन विवाद समाधान नमिलाई निर्वाचन असम्भव भएको उनको भनाइ थियो । 

भारतको विरोध गर्दैमा राष्ट्रवाद भइन्छ भन्ने भ्रम धेरै नेतामा परेको टिप्पणी गर्दै उनले भारतको विषयमा बोले राष्ट्रघाती र चीनको समर्थन गरे राष्ट्रवादी होइन्छ भन्ने कसैले भ्रम राख्न नहुने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु