भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र जनताको हित हुने गरि भारतसँग सहमति गर्न प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरुको आग्रह

२०७३, २९ भाद्र बुधबार ०६:०२

भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताको लागि शुभकामना दिँदै दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुने गरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराउनुभयो । 

भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता भुसालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु