२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वास्थ्य शिक्षाका विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील’

२९ भाद्र २०७३, बुधबार ०७:०२

भदौ २९, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा देखिएका स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील भएको बताउनुभएको छ । 

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अत्याधुनिक तथा सङ्क्रमणरहित प्रविधिबाट निर्माण भएको ‘लुन–गङ्गा अपरेटिङ सुइट्स’ को उद्घाटन गर्दै मन्त्री महराले स्वास्थ्य क्षेत्रको विकासको लागि नीतिगत सुधार गर्नेतर्फ सरकार लागेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “अहिले स्वास्थ्य क्षेत्रमा निकै विकृति आएको छ । जनताले पाउने स्वास्थ्य सेवाप्रति सन्तुष्ट हुने अवस्था छैन । यसको सुधारको लागि सङ्गठनात्मक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि सरकार गम्भीर छ ।” 

नर्भिकले सुरु गरेको अन्तर्राष्ट्रिय स्तरको शल्यक्रिया सेवाले नेपालका मात्र नभई बाहिरी देशका बिरामी पनि लाभान्वित हुने मन्त्री महराले विश्वास व्यक्त गर्नुभयो । 

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले निकट भविष्यमा विश्वस्तरीय प्रविधि प्रयोग गरी २०० श्ययाको भवन, १०० श्ययाको क्यान्सर उपचारको लागि अत्याधुनिक सुविधा सम्पन्न भवन यसै वर्षदेखि सुरु गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले आम नेपालीले आफ्नै घरदैलोमा विश्वस्तरीय उपचार पाउनुपर्ने अवधारणासहित अस्पतालले दुई महिनामा आइभिएफ सेन्टर र हेमोडाइलासिस सेन्टर सुरु गर्नेछौँ ।” 

सरकारले स्वास्थ्यका अत्याधुनिक प्रविधि भित्र्याउँदा लगाउने करले उपचारलाई महँगो बनाएकाले यस्तो करको छुट हुनुपर्ने माग गर्नुभयो । 

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताउनुभयो । 

उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य