भदौ २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त "/>
१ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

बालबालिका मुलुकको भविष्यका आधार: राष्ट्रपति

२९ भाद्र २०७३, बुधबार ०९:४१

भदौ २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो,“ शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बाल बचाउ प्रवद्र्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ ।” 

बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने बताउनुभयो । 

वाल अधिकारका क्षेत्रमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढनुपर्ने बताउँदै उहाँले संविधानमा बालअधिकारलाई मौलिकहकको रुपमा राखिएको व्यवस्थालाई कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेखगर्दै उनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिने बताउनुभयो । 

महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जु ठाकुरले अनुशासनका नाममा अहिले पनि दण्ड सजाय, बेचविखन भइरहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । 

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष दिल्लीराम गिरीले बालबालिका संरक्षण र प्रवद्र्धनमा समितिले काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

विद्यार्थी सेवी कुमारी यादवले अहिले पनि बालबालिका शिक्षा, स्वास्थ्य र संरक्षणको पहुँचमा कमी रहेकाले यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । 

नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल