भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

निजी क्षेत्रको सहकार्यमा उद्योग क्षेत्रको विकास: मन्त्री जोशी

२९ भाद्र २०७३, बुधबार ०९:४७

भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको ‘उपलब्धि समीक्षा तथा कार्यक्रम कार्यान्वयन रणनीति तर्जुमा बिषयक गोष्ठीमा’ उहाँले गाउँ गाउँमा पुगेर साना उद्योगीलाई उत्साहित गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो । 

मन्त्री जोशीले उद्योग मन्त्रालयलाई उद्योगमुखी बनाउनु प्रमुख चुनौती रहेको उल्लेखगर्दै कुनै पनि उद्यमीलाई समस्या परेमा समस्याको समाधानका लागि मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रालयभित्रका काममा मन्त्रीदेखि कर्मचारीको एउटै जिम्मेवारी हो, त्यसैले सबै मिलेर गम्भीर भएर काम गरौँ र उद्योग क्षेत्रको विकासमा लागौं ।” 

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले जनताको सेवाका लागि आफू राजनीतिमा लागेकाले जनतालाई दुःख दिने काम नगर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो । 

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले साना उद्योगको संरक्षण गरी विदेशी लागनीलाई आकर्षण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो । 

उहाँले समिति गरिब जनताको जीवनस्तर उकास्ने माध्यम भएकाले यसलाई सबै जिल्लाका ग्रामीण बस्तीमा पु¥याउनुपर्ने बताउँदै समितिले घरेलु उद्योगका माध्यमबाट स्थानीयस्तरमा उत्पादन भएका वस्तुको प्रयोग गरी आयआर्जमा लागेको स्पष्ट पार्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले कृषिमा औद्योगिकीकरण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउँदै सरकारले उद्योग नीति कार्यक्रम बनाउँदा निजी क्षेत्रको राय सुझाव लिन मन्त्रालयलाई आग्रह गर्नुभयो । 

समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले समितिले दुर्गम हिमाली र पहाडी ४८ जिल्लामा काम गरिरहेको जानकारीदिदैं समितिले साना उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव