भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भन"/>
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

प्रधानमन्त्रीको भ्रमण सफल होस्: नेपाल

३० भाद्र २०७३, बिहीबार ०६:२९

भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भनेर शुभकामना व्यक्त गरेका छन् । 

प्रेस चौतारी मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस भ्रमणको माध्यमबाट दुवै देशबीच आपसी विश्वासमा बढोत्तरी, विगतमा भएका सन्धि सम्झौतालाई अगाडि बढाउन र राष्ट्रिय स्वाभिमानलाई उचाइमा पुर्याउपर्ने आवश्यकतामाथि जोड दिए । 

छिमेकीहरुसँग पारिस्परिक विश्वास र एकअर्काको संवेदनशीलताको नीतिलाई बुझ्ने मुलुकको नीतिरहेको चर्चा गर्दै नेता नेपालले भने– “ठूला राष्ट्रको कर्तव्य साना राष्ट्रको संवेदनशीलतालाई बुझ्ने र भावनामा चोट नपर्याउनु हो ।” 

मुलुक अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सङ्कटमा नपार्नका लागि तीनवटै निर्वाचन गराउनुपर्ने, कानुन निर्माण गर्नुपर्ने र संविधानलाई कार्यान्वयन गराउनका लागि दलहरुबीच एकता आवश्यक रहेको सुझाव दिए । 

नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, आर्थिक विकास र सुशासनका लागि यी चार आधारभूत विषय आवश्यक रहेको जानकारी गराए । 

पुनःसंरचना आयोगले गाविसलाई समेटेर ल्याउन लागेको गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अवधारणा गलत भएको भन्दै नेता नेपालले भने– “सो कारणले जिल्ला कमजोर हुने र सर्वसाधारण जनतालाई सास्ती हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु