भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरे"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

तरुण दलको महाधिवेशन मिति फेरी सर्यो

३० भाद्र २०७३, बिहीबार ०८:११

भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ । 

महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन भइनसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिएका छन् । तरुण दलको हालसम्म ६२ जिल्लामा अधिवेशन भएको र बाँकी जिल्लामा दशैं-तिहारपछि मात्र अधिवेशन हुने सम्भावना रहेको महाधिवेशन निर्देशन समितिले जनाएको छ । 

महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने भनिएकामा तरुण दल स्थापना दिवसको दिन कात्तिक १० गतेलाई मध्यनजर गरी मिति निर्धारण हुने बताइएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो । 

दुई काँग्रेस एकीकरणपछि २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा गुटको विवाद छ । 

तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागार्इं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङलगायत आकाङ्क्षी देखिएका छन् । उनिहरुमध्ये अधिकांश मौजुदा केन्द्रीय समितिका सदस्य रहेका छन् । 

मौजुदा तदर्थ केन्द्रीय समिति गठनका बेला समितिका कसैले पनि आगामी महाधिवेशनको निर्वाचनमा उठ्न नपाउने पार्टीको प्रावधान छ । तरुण दलको हालको विधानानुसार महाधिवेशनका लागि मुलुकभरबाट एक हजार ३७० प्रतिनिधि रहनेछन् । हाल केन्द्रीय समिति ४५ सदस्यीय भएकामा विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान रहेको केन्द्रीय सदस्य राम रोकायाले जानकारी दिए । 

विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका छन् । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । 

विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापना भएको घोषणा गरेका थिए । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र हाल उदयशम्शेर राणाले नेतृत्व  समलिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव