भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टी"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न काँग्रेस महत्वपूर्ण भूमिका खेल्छ: सिंह

३० भाद्र २०७३, बिहीबार ०९:२६

भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

नेपाल तरुण दल काठमाडौँद्वारा आज आयोजित ‘निर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण’ कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले सबै दल एकजुट हुनुपर्ने  बताए । 

नेता सिंहले डेढ वर्षभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताउनुभयो । उनले भने- “तीनवटा निकायको निर्वाचन गर्न दलबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।” 

नेका काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले काँग्रेसको विचारलाई आमयुवा माझ लैजान मेरुदण्डको रुपमा रहेको तरुण दलको ठूलो भूमिका रहने बताए । 

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेटेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा तरुण दलका निवर्तमान अध्यक्ष गोकर्ण केसीले निर्वाचित सभापति कृष्णजी खड्कालाई पद हस्तान्तरण गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव