२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ–२: कांग्रेसका रामनाथ अधिकारी अगाडि

२०७९, ६ मंसिर मंगलवार ०३:००

मङ्सिर ६, धादिङ | प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत  धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।  प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ  ।

मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिनुभएका छ । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उहाँले दुई हजार नौ सय ६१ मत पाउनुभएको छ ।

उहाँका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले दुई हजार पाँच सय ५६ मत पाउनुभएको छ । धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१) मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले एक हजार पाँच सय ५७ मत पाउनुभएको छ भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले एक हजार चार सय ९२ मत पाउनुभएको छ । 

त्यस्तै प्रदेशसभा (२) मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले एक हजार छ सय १० मत पाउनुभएको छ भने गठबन्धनका सिङ्खडाले एक हजार पाँच सय ६७ मत पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने