मङ्सिर ६, धादिङ | धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् ।
त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।
यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता लिएका थिए । एमालेको पकड रहेको थाक्रे गाउँपालिकामा मतगणना सुरु भएसँगै एमालेका त्रिपाठीले अग्रता लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा छन् ।