मङ्सिर ६, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले ५ हजार १९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार २७८ मत प्राप्त गरेका छन् | त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ३ हजार २५० मत प्राप्त गरेको छन् |