२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि…

२०७९, ६ मंसिर मंगलवार १६:१५

मङ्सिर ६, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एकसय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्र दिएको पाइएको छ ।

जारी रहेको मत गणनाका क्रममा ककनी–५ मा स्थित जाल्पादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका एकसय जना मतदाताले समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्रमा मतदान गरेको पाइएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्र मतदातालाई दिन बसेका कर्मचारीको त्रुटिका कारण एक सय मतदाताले समानुपातिकतर्फ प्रतिनिधिसभाको मतपत्रमा नै दोहोर्याएर मतदान गरेको पुष्टि भएसँगै ती मतपत्र बदर गरिएको छ ।

“जुन मतपत्र जुन पेटिकामा परेको भए पनि गणना गर्ने निर्वाचन आयोगको निर्देशन भए पनि प्रदेशसभाको मतपेटिकामा फेला परेका प्रतिनिधिसभाको समानुपातिक प्रणालीको एकसय मतपत्र बदर गरिएको छ”, निर्वाचन अधिकृत भुसालले भन्नुभयो, “मतदाताले एक मतपत्रमा एक पटक मात्रै मतदान गर्ने अवसर पाउने हो । तर, यहाँ त प्रदेशसभाको मतपत्रको सट्टामा प्रतिनिधिसभा कै मतपत्रमा दोहो¥याएर मतदान गरेको पाइएकाले प्रदेशसभाको मतपेटिकामा भेटिएका एकसय मतपत्र स्वतः बदर हुने निर्णय निर्वाचन आयोगसँगको परामर्शमा गरेका छौँ ।”

ककनी गाँउपालिकामा कूल खसेको ११ हजार छ सय ८४ मतको गणनाको क्रममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच सय १९ मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिक र प्रदेशसभातर्फको दुवै निर्वाचन प्रणालीको मतगणना अहिले पनि जारी छ । त्यसक्रममा बदर मतको सङ्ख्या अपेक्षाभन्दा धेरै पाइएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल