२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की–१ : एमालेको अग्रता कायमै

२०७९, ७ मंसिर बुधबार ०३:१६

मङ्सिर ७, कास्की | कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याउनुभएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा (२)मा १९ हजार छ सय ५१ मत गन्दा  पाँच सय ८२ मत बदर भएको छ । जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ आठ हजार सात सय तीन मतसहित अघि हुनुहुन्छ भने कांग्रेसका दीपक गुरुङले सात हजार पाँच सय ७७ मतसहित उहाँलाई पछ्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले एक हजार सात सय१७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले छ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार नौ सय २३ मतगणना गरिएकामा छ सय ५७ मत बदर भएको थियो । यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एक हजार चार सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा (एकीकृत समाजवादी)ले एक सय ३८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १(२)मा  एमालेले चार हजार सात सय १५ मत, कांग्रेसले तीन हजार छ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले तीन हजार तीन सय ६०, एकीकृत समाजवादीले तीन सय २६ मत पाएको छ । यस क्षेत्रको प्रदेशसभा (२) मा समानुपातिकतर्फ १९ हजार छ सय ४० मतगणना हुँदा आठ सय २८ मत बदर भएको छ । गणनामा एमालेले सात हजार आठ सय २८, कांग्रेसले छ हजार दुई, माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले एक हजार सात सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार छ सय ६९ मत, हाम्रो नेपाली पार्टीले पाँच सय ३१ मत, एकीकृत समाजवादीले तीन सय ४० मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल