१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की–१ : एमालेको अग्रता कायमै

७ मंसिर २०७९, बुधबार ०३:१६

मङ्सिर ७, कास्की | कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याउनुभएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा (२)मा १९ हजार छ सय ५१ मत गन्दा  पाँच सय ८२ मत बदर भएको छ । जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ आठ हजार सात सय तीन मतसहित अघि हुनुहुन्छ भने कांग्रेसका दीपक गुरुङले सात हजार पाँच सय ७७ मतसहित उहाँलाई पछ्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले एक हजार सात सय१७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले छ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार नौ सय २३ मतगणना गरिएकामा छ सय ५७ मत बदर भएको थियो । यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एक हजार चार सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा (एकीकृत समाजवादी)ले एक सय ३८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १(२)मा  एमालेले चार हजार सात सय १५ मत, कांग्रेसले तीन हजार छ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले तीन हजार तीन सय ६०, एकीकृत समाजवादीले तीन सय २६ मत पाएको छ । यस क्षेत्रको प्रदेशसभा (२) मा समानुपातिकतर्फ १९ हजार छ सय ४० मतगणना हुँदा आठ सय २८ मत बदर भएको छ । गणनामा एमालेले सात हजार आठ सय २८, कांग्रेसले छ हजार दुई, माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले एक हजार सात सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार छ सय ६९ मत, हाम्रो नेपाली पार्टीले पाँच सय ३१ मत, एकीकृत समाजवादीले तीन सय ४० मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण