मङ्सिर ७, काठमाडौँ । प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले सर्वाधिक मत पाएको छ ।
अहिलेसम्म गणनाभएको मध्ये नेकपा एमालेले २ लाख २९ हजार ७६२ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ७ हजार २४५ मत पाएको छ ।
त्यस्तै तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५ हजार ८७७ मत पाएको छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९५ हजार १६२ मत पाएको छ । त्यस्तै पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५४ हजार ५४९ मत पाएको छ ।