२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?

२०७९, ७ मंसिर बुधबार ०६:२१

मङ्सिर ७, महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३ मतसहित अग्रता लिनुभएको छ । यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल चार हजार चार सय ४० मतसहित महतोलाई पछ्याई रहनुभएको छ । क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले पाँच हजार नौ सय ६३ मतले अग्रता लिनुभएको छ । यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले दुई हजार सात सय ३५ मतले पछ्याइरहनुभएको छ । 

क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर चार हजार ६ सय ७४ मतका साथ अग्रता लिइरहनुभएको छ । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय चार हजार आठ सय नौ मतका साथ अघि हुनुहुन्छ । यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव दुई हजार तीन सय ५३ मतका साथ रायलाई पछ्याइरहनुभएको छ । 

चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन् । चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल