१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नसोचेको टिकटले मानबहादुरलाई बनायो सांसद

७ मंसिर २०७९, बुधबार १०:५५

मङ्सिर ७, मोरङ । ५३ वर्षीय मानबहादुर लिम्बूले मंसिर ४ गतेको निर्वाचनमा उठ्ने इच्छा राखे पनि सुरुमा पार्टीले पत्याएन । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले क्षेत्रीय समितिले उनीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।

टिकटमा शेखरचन्द्र थापाले बाजी मारे । २०७४ सालको निर्वाचनबाट समानुपातिकतर्फको सांसद बनेका थापाले प्रत्यक्षको टिकट पाएपछि लिम्बू दलका उम्मेदवारलाई सहयोग गर्ने तयारीमा थिए । तर मनोनयन दर्ता गरेको भोलिपल्ट नै थापा बिरामी परे ।


३० दिनसम्म अस्पतालको बसाइपछि गत कात्तिक २३ गते थापाको निधन भयो । थापाको निधनपछि निर्वाचन आयोगले क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का लागि नयाँ निर्वाचन कार्यतालिका बनायो । मंसिर ४ गते नै निर्वाचन गर्ने भन्दै आयोगले कार्यतालिका सार्वजनिक गरेपछि थापाकै श्रीमती लक्ष्मीलाई टिकट दिने चर्चा थियो । तर अन्तिममा काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि लिम्बूले टिकटमा बाजी मारे ।

कात्तिक २४ गते मनोनयन दर्तापछि चुनावी अभियानमा हिंडेका लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । लिम्बू १८ हजार २८६ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दिलीपकुमार राईले १३ हजार ८५८ मत पाए ।

राप्रपा उम्मेदवार तीर्थबहादुर गुरुङ ६ हजार ६४१ मत ल्याउँदै तेस्रो स्थानमा रहे । मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रामचन्द्र गुरुङले १ हजार ८३६ मत प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार दिनेश राईले १ हजार १६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण