४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी

७ मंसिर २०७९, बुधबार १७:०६

मङ्सिर ७, बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मदेवारले जित निकालेका हुन् ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसद्को यात्रा तय गर्नुभएको हो । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जित्नुभएको थियो । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुग्नुभएको थियो ।  

अहिलेको निर्वाचनमा नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित हुनुभयो ।

बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल विजयी हुनुभएको छ । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो । 

पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

प्रदेशसभातर्फ १ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गर्नुभयो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । 

१ (२) मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बन्नुभएको छ । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले सात हजार दुई सय ५३ मत ल्याउनुभयो । 

त्यस्तै निर्वाचन क्षेत्र नं २ (१) मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्नुभयो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । शेरचन तेस्रोपटकमा प्रदेशसभामा पुग्न सफल हुनुभएको हो । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित हुनुभएको थियो । 

निर्वाचन क्षेत्र नं २ (२) मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बन्नुभएको छ ।कुवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित कांग्रेसले यसपटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ