२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन मत अपडेट: रास्वपा र राप्रपाको अग्रता कायमै

२०७९, ८ मंसिर बिहीबार ०२:५४

मङ्सिर ८, चितवन | जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको हो । उहाँले २८ हजार ८३ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८  दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नम्बर २ मा  रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार दुई सय १४ मतका साथ अग्रस्थानमा रहनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको उमेश श्रेष्ठले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको हो । 

यस क्षेत्रमा  ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । पछिल्लो परिणामअनुसार चितवन  ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५  प्राप्त गर्नुभएको छ । 

रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ । 

सो क्षेत्रमा  ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल