दाङ क्षेत्र नं २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दाङ क्षेत्र नं २"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी

२०७९, ८ मंसिर बिहीबार ०५:४३

मंसिर ८, दाङ । नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले पहिलो प्रयासमै नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेललाई हराएकी छन्।


दाङ क्षेत्र नं २ मा भएको रोचक प्रतिस्पर्धामा शर्माले पोखरेललाई झिनो मतले हराएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी नेतृ शर्मा र पोखरेलबीचको रोचक प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। सुरूदेखि नै अग्रता लिएकी शर्माले पोखरेललाई १ सय ९६ मतले पराजित गरेकी छन्।

उनी माओवादीको तर्फबाट निर्वाचित एक मात्र महिला हुन्। उनी माओवादीकी स्थायी कमिटी सदस्यसमेत हुन्। माओवादीले यो चुनावमा ८ जना महिलालाई प्रत्यक्षतर्फ टिकट दिएको थियो। तीमध्ये ६ जना पराजित भइसकेका छन् भने कञ्चनपुरमा वीना मगर पनि एमाले उम्मेदवारभन्दा निकै पछि छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै