१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप

८ मंसिर २०७९, बिहीबार १२:०३

मंसिर ८, सोलुखुम्बु  | नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए ।

केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र जिल्ला सभापति नामगेल जाङ्बु शेर्पाले असहयोग गरेको केसीका स्वकीय सचिव बेदप्रसाद बनले बताए ।‘केन्द्रीय सदस्य र जिल्ला सभापतिकै डिजाइनमा हराउने काम भयो । गठबन्धनलाई हराऔं अभियानमा लागे’ उनले भने ।

गत निर्वाचनमा जितेको आधारमा सोलुखुम्बु माओवादीको भागमा परेको थियो । महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको पहलमा केसीका लागि छोड्न माओवादी तयार भएको थियो । प्रदेशतर्फ भने दुवै क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । केसीले टिकट पाउने भएसँगै कांग्रेसकै संस्थापन पक्ष असन्तुष्ट बनेको इतर पक्षको दाबी छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टीले केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको नाम सर्वसम्मतले सिफारिस गरेको थियो ।


जिल्लाबाट प्रत्यक्षमा केसीको नाम सिफारिस नभएपछि उनले असन्तुष्टि व्यक्त गरेका थिए । केन्द्रीय सदस्य आङ्गेलु र जिल्ला सभापति नामगेल जाङ्बु पार्टीभित्र संस्थापन पक्षका हुन् ।

२०७४ सालमा केसी माओवादीका केन्द्रका हेमकुमार राईसँग पराजित भएका थिए । यसपटक केसी एमालेसँग पराजित भए । माओवादी केन्द्रले संघीय सांसदमा उम्मेदवार नपाएपछि केसीको पक्षमा सक्रिय सहयोग नगरेको केसी पक्षको बुझाइ छ ।

सोलुखुम्बुमा स्थानीय तहको मतमा कांग्रेस पहिलो दल बनेको थियो । कांग्रेसको पक्षमा १९ हजार ६८ मत थियो । एमालेले १६ हजार ५९७ मत ल्याएको थियो । तेस्रो शक्ति माओवादी केन्द्रको १२ हजार ४२५ मत थियो । ‘हराउनका लागि बकाइदा प्रमाण छ । गठबन्धनलाई हराऔं अभियानमा लागेका मेसेजहरु छन्’ बनले भने ।

बिहीबार सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फका उम्मेदवार केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । पहिलो र तेस्रो शक्ति मिल्दा समेत केसी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी