२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी

२०७९, ९ मंसिर शुक्रबार ०३:१४

मङ्सिर ९, कैलाली | कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गर्नुभयो । विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुनुहुन्छ ।

प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ । क्षेत्र नं ५ को प्रदेशसभा (१) मा भने मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका नेपालु चौधरीले सात हजार चार सय २३ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का रमेश धामीले सात हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले चार हजार दुई सय ४९ मत पाउनुभएको छ ।

आज बिहानसम्म क्षेत्र नं ५ को प्रदेशसभा (१) मा २७ हजार चार सय मतगणना भइसकेको छ । निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ । बिहानसम्म जम्मा ५५ हजार आठ सय ५३ मतगणना भइसक्दा पन्तले १८ हजार पाँच सय २९ मत पाउनुभएको छ । एमालेका नारदमुनी राना थारूले १७ हजार छ सय सात मत पाउनुभएको छ । 

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा सात हजार छ सय ६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यो क्षेत्रमा अब झण्डै पाँच हजार मत गन्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल